स्वस्थानी व्रत समापनमा शालीनदीमा भिड (फोटो फिचर)
काठमाडौं : एक महिना लामो स्वस्थानी व्रत शनिबार समापन भएको छ। माधवनारायणको व्रत बसेका व्रतालुले पनि शनिबारनै व्रत समापन गरेका छन्। व्रत समापनको दिन काठमाडौंको शालीनदीमा व्रतालुको भिड लागेको थियो।
परम्परादेखि नै श्रीस्वस्थानीको व्रत र उपासना गर्ने प्रचलन रहेको शालीनदीमा विभिन्न जिल्लाबाट आएका भक्तजनले माघ महिनामा स्वामी नामले चिनिने माधवनारायणको जलप्रसाद ग्रहण गरी गत पुस शुक्ल पूर्णिमादेखि व्रत शुभारम्भ गरेका थिए।
सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनाका लागि निराहार रहेर स्वस्थानीको व्रत गर्दा मनोकांक्षा पूरा भएको विश्वासका साथ परम्परागत रूपमा स्वस्थानी व्रतकथा बाचन गर्ने, सुन्ने र पूजाआजा गर्ने चलन छ।
तस्बिरहरू : रविन भट्टराई