भक्तपुरका विद्यालयमा स्यानिटेरी प्याड वितरण

भक्तपुरका विद्यालयमा स्यानिटेरी प्याड वितरण
तस्बिर : अन्नपूर्ण

भक्तपुर नगरपालिकाबाट दुईवटा इन्जिनियरिङ कलेजसहित ८ वटा शैक्षिक संस्थाहरू सञ्चालन गरी देशभरीकै विद्यार्थीहरूलाई कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ।

भक्तपुर:भक्तपुर नगरका विद्यालयमा दिवा खाजा र स्यानिटेरी प्याड वितरण गर्दै आएको नगरपालिकाले जनाएको छ । १३ औं नगरसभा उद्घाटन कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले यस्तो बताएका हुन् । 

उनले भक्तपुर नगरपालिकाबाट दुईवटा इन्जिनियरिङ कलेजसहित ८ वटा शैक्षिक संस्थाहरू सञ्चालन गरी देशभरीकै विद्यार्थीहरूलाई कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताए । 

यसवर्ष पूर्वाञ्चल विश्वविद्यालयबाट ख्वप कलेज अफ ल सञ्चालनको स्वीकृति प्राप्त गरेको जानकारी उनले गराए । स्वीकृत बमोजिम कूल ६० सिटमा भर्ना लिई बीएएलएलबीको कक्षा पनि शुरू गरिसकेको उनले जनाए । उनले भने,'अब भक्तपुरका विद्यार्थीका लागि कानुन पढ्न जिल्ला बाहिर जान पर्दैन।'

नगरपालिकाद्वारा सञ्चालित कलेजहरुले उत्कृष्ट नतिजा दिन सफल भएको र अब कानुनमा पनि उत्कृष्ट परिणामको अपेक्षा उनले गरे । नगरक्षेत्रभित्र सञ्चालनमा रहेका सामुदायिक विद्यालयको भौतिक सुधारको लागि यो वर्ष ३१ वटा विद्यालयलाई प्रतिविद्यालय वार्षिक ५० हजारका दरले अनुदान,१ वटा विद्यालयलाई पुस्तकालय स्थापना तथा व्यवस्थापन,किताब खरिद र ई—पुस्तकालय समेत व्यवस्था गर्न ६ लाख ५० हजार विज्ञान प्रयोगशाला निर्माणको लागि एउटा विद्यालयलाई ६लाख ५० हजार वितरण गर्ने तयारी गरेको उनले बताए । सामुदायिक विद्यालय सुधार गरी शैक्षिकस्तर वृद्धिका लागि भक्तपुर नगरपालिका निरन्तर लागिरहेको उनको भनाइ थियो ।  

विद्यालयको शैक्षिकस्तर सुधार र आन्तरिक प्रतिस्पर्धाबाट शैक्षिक गुणस्तरमा अभिवृद्धि ल्याउन उत्कृष्ट सिकाइ उपलब्धी भएको विद्यालयलाई प्रोत्साहन अनुदान प्रतिविद्यालय २ लाख, नमूना विद्यालय सेवा अनुबन्धका आधारमा नियुक्त भएका प्रअर शिक्षकको लागि प्रोत्साहन अनुदान प्रतिविद्यालय २ लाख र नमूना विद्यालयको शैक्षिक तथा व्यवस्थापकीय योजना कार्यान्वयनको लागि कार्य सम्पादनमा आधारित अनुदान प्रतिविद्यालय ३० लाखदेखि ५० लाखसम्म उपलब्ध गराउने तयारी गरेको उनले जनाए । 

नगर क्षेत्रका विद्यालयस्तरीय विद्यार्थीहरूको शैक्षिक गुणस्तर कायम गर्न यस वर्षदेखि एसईई तयारी अभ्यास परीक्षा (टेष्ट परीक्षा) र गत वर्षदेखि कक्षा ५ को नगरस्तरीय वार्षिक परीक्षा सञ्चालन गरेको र कक्षा ८ को नगरस्तरीय परीक्षालाई निरन्तरता दिँदै आएको उनले जनाए ।

नगरसभाको उदघाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले गरेका थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.