एमालेले किन बोलायो सचिवालय बैठक ?
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बोलाइएको छ। ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बिहान ११ बजे सचिवालय बैठक बोलाइएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, समसामयिक राजनीतिलगायतका विषयमा छलफल हुने गौतमले बताए। बैठकले आगामी केन्द्रीय कमिटी बैठकको मिति र एजेण्डा तय गर्ने बताइएको छ।
एमालेले पौषको अन्तिम साता केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ। एमाले विधानअनुसार केन्द्रीय कमिटी बैठक प्रत्येक ६ महिनामा बस्नुपर्ने प्रावधान छ। यस अगाडि केन्द्रीय कमिटीको बैठक गत असारमा बसेको थियो।
प्रतिक्रिया दिनुहोस !