एमालेले भनेको व्यक्ति राष्ट्रपति

ओलीले प्रचण्डलाई भने - राष्ट्रपतिमा तलमाथि हुने कुरै छैन

एमालेले भनेको व्यक्ति राष्ट्रपति

ओलीले प्रचण्डलाई भने - राष्ट्रपतिमा तलमाथि हुने कुरै छैन
सुन्नुहोस्

पूर्वसहमति अनुसार नै एमालेले राष्ट्रपति पाउनुपर्ने ओलीले अडान

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति अन्य पार्टीलाई नछाड्ने अडान दोहोर्‍याएका छन्। बुधबार बिहान बालकोट पुगेका प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सँगको भेटमा ओलीले पूर्वसहमति अनुसार नै राष्ट्रपति चयन हुनुपर्ने धारणा राखेका हुन्। 

भेटमा पूर्वसहमति अनुसार नै एमालेले राष्ट्रपति पाउनुपर्ने ओलीले अडान राखे। ओलीले प्रचण्डसँग गरेको कुराकानीलाई उदृत गर्दै एमालेका एक नेताले अन्नपूर्णसँग भने, ‘तपाईँलाई प्रधानमन्त्री बनाउने सहमति भएको बेला नै राष्ट्रपतिको विषय टुंगिसकेको छ। अब फेरि त्यो विषयमा छलफल गर्नुपर्दैन। एमालेले पार्टीभित्र छलफल गरेर राष्ट्रपति उम्मेदवारको नाम तय गर्छ।’ 

जवाफमा अध्यक्ष प्रचण्डले सकेसम्म कांग्रेसको समेत सहमति लिएर राष्ट्रपति र उपराष्ट्रपति चयन गर्नुपर्ने बताएका थिए। कांग्रेसले समेत राष्ट्रपतिमा दावी गरेकाले राष्ट्रिय सहमतिका लागि  छलफल गर्नुपर्ने धारणा राखेका छन्। राष्ट्रपतिको विषयमा साझा धारणा बनाउन सत्ता साझेदार दलको उच्चस्तरीय संयन्त्रको बैठकमा छलफल गरेर अगाडि बढ्नुको विकल्प नभएको प्रचण्डले जनाएका छन्। उनीहरुबीच उच्चस्तरीय संयन्त्रको बैठक चाडै बोलाउने सहमति भएको छ।

प्रधानमन्त्री प्रचण्डले ओलीसँगको भेटमा गृह मन्त्रालय आफ्नो पार्टीको दाबी रहेको बताए। उपप्रधान तथा गृहमन्त्री नपाएपछि सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टीको विषयमा समेत उनीहरुबीच छलफल भएको छ। मन्त्रिपरिषद् विस्तार, राष्ट्रपति निर्वाचन लगायत समसामयिक विषयका बारेमा उनीरुबीच छलफल भएको बालुवाटार स्रोतले जनाएको छ। 

मंगलबार पनि एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच बालुवाटारमा सघन छलफल भएको थियो। पछिल्लो समय उनीहरुबीचको छलफल र भेटघाट बाक्लिएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.