सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित,मुख्यमन्त्रीको विश्वासको मतबारे अन्यौल

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित,मुख्यमन्त्रीको विश्वासको मतबारे अन्यौल
फाइल तस्बिर।
सुन्नुहोस्

सत्ता गठबन्धनमा निर्णायक शक्तिको रुपमा देखिएको नागरिक उन्मुक्ति पार्टी बैठकमा सहभागी नभएपछि मुख्यमन्त्रीको विश्वासको मतबारे अन्यौल भएको छ।

काठमाडौं :सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित भएको छ। आज दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा मुख्यमन्त्री राजेन्द्र सिंह रावलले  विश्वासको मत लिने कार्यसूची थियो।

बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ। 

सत्ता गठबन्धनमा निर्णायक शक्तिको रुपमा देखिएको नागरिक उन्मुक्ति पार्टी बैठकमा सहभागी नभएपछि मुख्यमन्त्रीको विश्वासको मतबारे अन्यौल भएको छ।

नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्रीलाई विश्वासको मत दिने /नदिनेबारे टुंगो लगाउन सकेको छैन। सोही विषयमा छलफल गर्न पार्टीका सांसद तथा शीर्ष नेताहरू आफ्ना नेता रेशम चौधरीलाई भेट्न काठमाडौंमा छन्। उनीहरू फर्किएपछि भोलि प्रदेशसभामा मुख्यमन्त्री रावलले विश्वासको मत लिने जनाइएको छ।

 उन्मुक्तिले जेलमा रहेको पार्टीका संरक्षक रेशमलाल चौधरीको रिहाईको माग गर्दै आएको छ।  

६३ सदस्यीय प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत छैन । मुख्यमन्त्रीलाई बहुमतका लागि  २७ मत आवश्यक पर्छ ।

नेकपा एमाले संसदीय दलका नेता रावललले पुसको २७ गते नेकपा एमालेका १० सांसद,माओवादी केन्द्रका ११ सांसद,नागरिक उन्मुक्ति पार्टीका ७ सांसद र राप्रपाका एक जना गरी २९ सांसदको बहुमतमा शपथ लिएका थिए। 

विश्वासको मत लिन नसकेकै कारण अहिलेसम्म प्रदेश सरकार विस्तार हुन सकेको थिएन। रावलको नेतृत्वमा गठित मन्त्रिपरिषद्ले आजसम्म पूर्णता पाउन सकेको छैन । बिनाविभागीय मन्त्री खगराज भट्ट र सन्तोषी थापा शर्माको मन्त्रालय पनि तोकिएको छैन । 
  
प्रदेशसभामा सत्तापक्षीय नेकपा एमालेका  १०,नेकपा माओवादी केन्द्रका सभामुखबाहेक १०,नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सदस्य छन् ।  विपक्षमा रहेको नेपाली कांग्रेसका १९,नेकपा एकीकृत समाजवादीका ४ र १ स्वतन्त्र सदस्य छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.