बर्दियामै पाठेघरको सफल शल्यक्रिया

बर्दियामै पाठेघरको सफल शल्यक्रिया
सुन्नुहोस्

गुलरिया : बर्दियाको मधुवन नगरपालिका–४ की ७१ वर्षीया राधादेवी आचार्य आङखस्ने समस्याबाट पीडित थिइन्। उनको पाठेघर झरेको थियो। बर्दिया जिल्ला अस्पतालमा पहिलो पटक आङखस्ने समस्याको निःशुल्क शल्यक्रिया गर्न पाएपछि खुसी भएकी छिन्।

खाटबाट लड्नु भएका श्रीमान्लाई माथि उठाउँदा मेरो पाठेघर खस्यो। उनले भनिन् समस्याबाट धेरै अघिदेखि पीडित थिए। आर्थिक अभावलगायत उपचार गर्न अन्यत्रै जानुपर्ने भएकाले कष्ट सहेरै बसे। गुलरिया अस्पतालले सफल उपचार गरेपछि राम्रो भएको छ। गाउँघरमा अरूलाई  पनि यस्ता समस्या छन्। आचार्यले थपिन जिल्लाकै अस्पतालमा सेवा पाएप्छि उपचार गर्न सहज भयो। सरकारले सेवालाई थप मजबुत बनाउन पहल गरोस।

पहिलो पटक बर्दिया अस्पतालमा महिलाहरूको आङ खस्ने समस्याहरूको सल्यक्रिया गरी पाठेघर निकाल्ने कार्य सफल भएको अप्रेसनमा संलग्न बर्दिया अस्पतालका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डाक्टर राम विश्वास रायले बताए। पाठेघर निकाल्ने काम अस्पतालमा पहिलो पटक भएको छ। हामीले ऐतिहासिक सफलता प्राप्त गरेका छौं।

६ महिनाको लामो प्रयासपछि  जिल्ला अस्पतालमै सीमित स्रोत साधनको बाजुद शल्यक्रिया सफल पा¥यौ। यसमा सम्पूर्ण बर्दिया अस्पतालको टिमको अहम भूमिका छ। सहयोगका लागिनेपालगन्ज मेडिकल कलेज कोहलपुरका डाक्टर कविता, डा. ओमनाथ, शिशिरलगायतको टिम अपरेसन कार्यमा सहभागी भएको उनले प्रष्ट्याए।

बर्दिया अस्पतालमा रहेका २-३ जना स्त्री रोग विशेषज्ञ टोलीले सफल अपरेशन गरेकाछौँ। मैलेपनि पहिलो पटक तीन जना महिलाको अप्रेसन गरेको हो। अब महिलाको आङखस्ने समस्या भएमा निरन्तर अपरेसनको कार्यलाई जारी राख्छौं। सीमित स्रोतसाधन हाम्रो मुख्य चुनौती हो। डाक्टर रायले दोहो¥याए हामीसँग सीमित स्रोत साधन छ। आवस्यक विशेषज्ञडाक्टर छैनन्। बर्दिया जिल्ला अस्पताल तराईको दुर्गम नै छ। सुगम सहर नेपालगन्जदेखि नजिक भए पनि यहाँचाहिँ धेरै विशेषज्ञ जनशक्ति नभएको अवस्थामा पनि महिलाहरूको सफल शल्यक्रिया गरेका छौँं।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.