उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा जसपा, जनमत र नागरिक उन्मुक्तिका नेता अनुपस्थित

विकसित राजनीतिक घटनाक्रमबारे छलफल

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा जसपा, जनमत र नागरिक उन्मुक्तिका नेता अनुपस्थित
सुन्नुहोस्

प्रधानमन्त्री निवास बालुवाटारमा भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा विकसित राजनीतिक घटनाक्रम, सरकारलाई पूर्णता दिन आवश्यक पहल कदमी बढाउने तथा आगामी फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनलगायतका विषयमा छलफल भएको छ। 

काठमाडौं: उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा देशको पछिल्लो राजनीतिक घटनाका विषयमा छलफल भएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा विकसित राजनीतिक घटनाक्रम, सरकारलाई पूर्णता दिन आवश्यक पहल कदमी बढाउने तथा आगामी फागुन २५ मा हुने राष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल भएको छ। 

बैठकमा सरकारलाई समर्थन गरेपनि सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई फेरि सरकारमा ल्याउन संयन्त्रका नेताहरूले रास्वपा सभापति रवि लामिछानेलाई आग्रह गरेका थिए। 

आजको बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी थिए। संयन्त्रमा रहेका जसपा, जनमत तथा नागरिक उन्मुक्ति पार्टीका नेता भने बैठकमा सहभागी थिएनन्। 

सरकारबाट रास्वपा बाहिर निस्कनु, सुदूरपश्चिम प्रदेश सरकारलाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिनुले सत्ता गठबन्धनभित्र खटपट भएको देखिन्छ। यही खटपट मिलाउने विषयमा पनि शीर्ष नेताले छलफल गरेका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.