वामशक्ति एकीकरणपछि फेरिनसक्छ माओवादीको नाम र चुनाव चिह्न

वामशक्ति एकीकरणपछि फेरिनसक्छ माओवादीको नाम र चुनाव चिह्न
सुन्नुहोस्

'हाम्रो पार्टी र वामपन्थी पार्टीबीच एकताको प्रस्ताव अघि बढेको छ। त्यस हिसाबले चुनाव चिह्न र पार्टीको नाम फेरिनसक्छ'

काठमाडौं : नेकपा माओवादी केन्द्रले पार्टीको नाम र चुनाव चिह्न फेर्न लागेको विषय हल्लामात्रै नभएर आंशिक सत्य भएको नेताहरूले दाबी गरेका छन्। माओवादीका उच्च तहका नेताहरूले विभिन्न पार्टीहरूसँग एकतापछि नाम र चुनाव चिन्ह फेर्न सकिने विषयमा छलफल भएको दाबी गरे।

माओवादीले वामपन्थी एकताको लागि वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा वार्ता समिति बनाएको छ। उक्त वार्ता समितिले बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग एकताका लागि विभिन्न चरणमा छलफल गरेको छ। त्यतिमात्र नभएर, स-साना कम्युनिस्ट पार्टीहरूलाई समेत माओवादीमा एकता गराउने विषयमा छलफल भइरहेको वार्ता समितिका एक सदस्यले दाबी गरे।

पार्टी एकता सफल भएपछि पक्कै पनि पार्टीको नाम र चुनाव चिन्हका विषयमा विस्तृत छलफल हुने स्थायी कमिटी सदस्य नारायण दाहालले बताए। तर तत्कालै यो विषयमा छलफल वा बहस नभएको उनको भनाइ छ। 'पार्टीको नाम वा चुनाव चिन्ह फेर्ने विषय भोलिको कुरा हो। पार्टीको नाम परिस्थित अनुसार फेरिन्छ। कहिले एकीकृत माओवादी, कहिले माओवादी केन्द्र राखिएकै हो।’ 

पार्टी एकतापछि नाम र चुनाव चिन्ह फेर्ने सम्भावना रहेको माओवादीका सचिव गणेश साहले बताए। उनले वामपन्थी शक्तिहरूबीच एकताको प्रयास भइरहेको बताए। 'हाम्रो पार्टी र वामपन्थी पार्टीबीच एकताको प्रस्ताव अघि बढेको छ। त्यस हिसाबले चुनाव चिह्न र पार्टीको नाम फेरिनसक्छ। पार्टीको संगठनात्मक संरचना र वैचारिक दुवैमा परिवर्तनको सम्भावना छ,' उनले अन्नपूर्णसँग भने। 

उपमहासचिव गिरिराजमणि पोखरेलले तत्कालै पार्टीको नाम फेर्ने विषयमा छलफल नभएको बताए। 'बाहिर हल्ला भएको जस्तो पार्टीभित्र छलफल भएको छैन। यो विषय कम्युनिस्ट आन्दोलन वरिपरिमै रहेर अघि बढ्ने कुरो छ,' उनले भने।

बाबुराम भट्टराईसँग तत्कालै एकता, अरुसँग मोर्चा बन्दी
बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)सँग माओवादी केन्द्रले तत्कालै पार्टी एकता गर्ने भएको छ। केही दिनमै पार्टी एकताको विषयमा अन्तिम टुंगो लाग्ने वार्ता समितिका एक सदस्यले बताए।

उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेसपा अध्यक्ष बाबुराम भट्टराईबीच अन्तिम रूप दिने विषयमा छलफल भएको बताए। 'अहिले न्यून्तम साँझा कार्यक्रम बनाएर वामपन्थी शक्तिसँग मोर्चा बनाएर अघि बढ्ने कुरा छ। विचार मिल्नेसँग एकता हुन्छ। बाबुरामजीको पार्टीसँग बढी एकता हुने सम्भावना बलियो छ,' उनले अन्नपूर्णसँग भने।

माओवादीको वार्ता समितिले विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहूति नेतृत्वको वैज्ञानिक समाजवादी र कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीसँग छलफल गरिसकेको उच्च स्रोतले जनाएको छ। यी दलहरूले संयुक्त विज्ञप्ति जारी गर्दै यसको पुष्टिसमेत गरेको छ। शुक्रबार जारी गरिएको विज्ञप्तिमा एकता, मोर्चाबन्दीका लागि छलफल र बसह चलाउने निर्णय गरेको छ।  

‘विप्लवजीसँग महराजी र अध्यक्ष (प्रचण्ड)ले पनि कुरो गर्नु भएको छ। केही पार्टीसँग तत्कालै एकता नै गर्ने कुरो छ। केहीसँग मोर्चा बनाएर काम गरौं भन्ने छ। दुवै लाइनबाट छलफल चलेको छ,' स्रोतले भने। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.