अनेरास्ववियुको राष्ट्रिय महाधिवेशन आजबाट, चुनावमा गुट र प्यानल निषेध

सचिव र महासचिवमा आकांक्षी धेरै

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशन आजबाट, चुनावमा गुट र प्यानल निषेध
सुन्नुहोस्

२०७२ पछि अनेरास्ववियुको महाधिवेशन भएको थिएन।

काठमाडौं : सात वर्षपछि हुन लागेको एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनमा अध्यक्ष र महासचिवमा आकांक्षी बढी देखिएका छन्। फागुन २ देखि ४ गतेसम्म हुने २३औं महाधिवेशनमा गुट र प्यानल निषेध गरिपछि आकांक्षी व्यक्तिगत रूपमा नै तयारीमा जुटेको देखिन्छ। 

२०७२ पछि अनेरास्ववियुको महाधिवेशन भएको थिएन। ७ वर्षपछि हुन लागेको महाधिवेशनमा गुट र प्यानल बनाएर चुनाव नलड्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै निर्देशन दिएका छन्। अनेरास्ववियुकी उपाध्यक्ष कल्पना वाइबा भन्छिन्, ‘यसपटक श्रेष्ठताका आधारमा नेतृत्व छानिनेछन्। पार्टी अध्यक्षको निर्देशन पनि स्पष्ट छ। अब यहाँ गुट र प्यानलको राजनीति हुँदैन।’ 

उपाध्यक्ष वाइबा यो महाधिवेशनबाट सानो कार्यसमिति चयन गर्ने बताउँछिन् । अब एक अध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, १० सचिव, एक कोषाध्यक्षसहित १ सय ९९ जनाको कार्यसमिति रहनेछ। १७ पादधिकारीसहित ६५ सदस्यीय स्थायी समिति हुने छ। हाल ५ सय १७ जनाको कार्यसमिति छ।

अध्यक्षका लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र महासचिव समिक बडाल मुख्य दाबेदारका रूपमा छन्। उपाध्यक्षहरू झपिन्द्र खत्री, लोकेश निरौला, मोती विक र उमेश आचार्यलगायतको पनि अध्यक्षमा चर्चा छ। अन्य पदाधिकारीभन्दा यसपटक महासचिवमा धेरै आकांक्षी छन्। कल्पना वाइबा (वर्तमान उपाध्यक्ष), नरेश रोकाय (वर्तमान उपमहासचिव), नारायण घर्ती (वर्तमान उपमहासचिव), सुर्दशन सिवाकोटी (वर्तमान उपमहासचिव), गोविन्द गिरी (वर्तमान उपमहासचिव), भास्कर खनाल (वर्तमान उपमहासचिव) लगायतको महासचिवमा चर्चा छ। 

त्यस्तै उपाध्यक्षमा जुन तामाङ (वर्तमान सचिव), तपेन्दजङ शाही (वर्तमान सचिव), जेनिश लामा (वर्तमान कोषाध्यक्ष र धर्म गिरी (वर्तमान सचिव) लगायत दाबेदारका रूपमा छन्। सचिवमा अझै धेरै दाबेदार छन्। यो महाधिवेशनमा १५ सय ७९ प्रतिनिधि रहेको उपाध्यक्ष वाइवाले 
जानकारी दिइन। 

२०७२ सालमा भएको महाधिवशेनबाट नविना लामा निर्वाचित भएकी थिइन्। २०७४ सालमा लामा समानुपातिकबाट प्रतिनिधिसभा सदस्य भइन्। विधानअनुसार २/२ वर्ष महाधिवशेन हुनु पर्ने हो। उनको पालामा महाधिवेशन भएन।

  • गुट र प्यानल बनाएर चुनाव नलड्न पार्टी अध्यक्ष ओलीको निर्देशन
  • सहमतिको प्रयास अन्तिम समयसम्म रहने

त्यसपछि अखिलको महाधिवेशन भएको छैन। पार्टी एकता भएर नेकपा भएपछि संयुक्त संगठनको संयोजक ऐन महरलाई बनाइएको थियो। माओवादिबाट रंजित तामाङलाई सहसंयोजक बनायो। त्यो बेला महर एमालेतर्फको अखिलका महासचिव थिए। एमाले र माओवादी केन्द्र एकतापछि बनेको विद्यार्थीको संगठनले खासै काम गर्न सकेन। पछि नेकपा भंग भएपछि सुनिता बराल अध्यक्ष बनाइयो। उनी हाल पार्टीको केन्द्रीय सदस्य र प्रतिनिधि सभा सदस्य पनि छन्। 

एमाले केन्द्रीय सदस्य एवं अनेरास्ववियु इन्चार्ज माधव ढुंगेलले तयारी पूरा भएको बताए। उनले नेतृत्वको लागि स्वच्छ प्रतिस्पर्धा हुने बताए। ‘स्वच्छ प्रतिस्पर्धा हुन्छ। स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्व चयन हुन्छ,’ उनले भने। उनले यो गुट र प्यानल भने नहुने बताए। उनले सहमतिको प्रयास अन्तिम समयसम्म हुने बताए। सहमतिको प्रयास अन्तिम समयसम्म हुन्छ। निशेधात्मक हुँदैन। आपसी सहमति गर्ने। प्रतिस्पर्धा गर्ने अधिकार सबैमा हुन्छ,’ 
उनले भने।

महासचिवमा एक्ली महिला आकांक्षी 

यो महाधिवेशनमा अध्यक्ष र महासचिवमा एक मात्र महिला दाबेदार देखिएका छन्। महासचिवको दाबी गरेकी वाइवा संगठनभित्रकी बौद्धिक नेतारूप चिनिन्छिन्। उनी विद्यावारिधी गर्दैछिन्।

महिला विभाग प्रमुखसमेत रहेकी उपाध्यक्ष वाइवा विगतका विद्यार्थी नेता नविना लामा र ऐन महर जस्तै उपाध्यक्षबाट महासचिवको दाबेदारी गरिरहेकी छन्।

लामा र महर दुवै पहिला उपाध्यक्षबाट महासचिव भए। त्यसपछि उनीहरू अध्यक्ष भएका थिए। उपाध्यक्षबाट महासचिवको दाबेदारी गर्ने यो महाधिवेशन वाइवा मात्रै हुन्। उनी विद्यार्थी राजनीतिमा स्थापित नेतृ हुन्। महासचिव वाइवासँग प्रतिस्पर्धाका आकांक्षी अधिकांश उपमहासचिव छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.