एसईईको परीक्षा केन्द्र तोकियो

एसईईको परीक्षा केन्द्र तोकियो
फाइल तस्बिर
सुन्नुहोस्

बैतडीमा २५ वटा परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाई बैतडीका सूचना अधिकारी पुष्करराज शर्माले जानकारी दिए। 

बैतडी: बैतडीमा एसईई परीक्षालाई २५ केन्द्र तोकिएको छ। जिल्ला परीक्षा समन्वय समितिको बैठकबाट जिल्लामा परीक्षा केन्द्र तोकिएका हुन्। 

आइतबारको बैठकबाट जिल्लामा २५ वटा परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाई बैतडीका सूचना अधिकारी पुष्करराज शर्माले जानकारी दिए। 

परीक्षाको केन्द्र तोकिएको र अन्य आन्तरिक तयारी भइरहेको शर्माले बताए। यसअघि प्राबिधिक धार र ग्रेड बृद्धिका लागि तोकिएको शाहिलेकस्थित वीरेन्द्र माविको अलग्गै परीक्षा केन्द्र हटाइएको छ भने अब उक्त विद्यालयमा नियमित परीक्षा केन्द्रमात्रै कायम छ। अन्य परीक्षा केन्द्र पनि यथावत छन्।

 
यसवर्ष ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षर्थीले पनि सम्बन्धीत विद्यालयको परीक्षा केन्द्रबाटै परीक्षा दिन पाउने भएका छन्। यसअघिका वर्षमा प्राबिधिक धार र ग्रेडबृद्धिका परीक्षार्थीहरुको लागि अलग्गै केन्द्र तोकिने गरिएको थियो। अब सम्बन्धित विद्यालयका नियमित विद्यार्थीले दिने केन्द्रबाटै परीक्षा दिन पाउने स्पष्ट पारिएको छ। 

‘गत वर्षहरुमा ग्रेडबृद्धि र प्राबिधिक धारका विद्यार्थीहरुले वीन्द्र मावि शाहिलेकको केन्द्रबाट मात्र परिक्षा दिदै आएका थिए, अब उनीहरूले सम्बन्धित विद्यालयको केन्द्रबाटै परीक्षा दिन पाउने छन्,’ सूचना अधिकारी शर्माले भने।
 
यही चैत १७ गतेदेखि हुन गईरहेको एसईई परीक्षामा बैतडीबाट नियमित तर्फ ५ हजार १८४ र ग्रेडबृद्धिका १४४ गरी ५ हजार ३२८ विद्यार्थी सहभागि हुँदैछन् । एसईई परीक्षाको लागि अन्य आन्तरिक तयारी भईरहेको शिक्षा विकास तथा समन्वय इकाई बैतडीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.