दिलीप हत्या मुद्दामा तीन जना दोषी ठहर

दिलीप हत्या मुद्दामा तीन जना दोषी ठहर
सुन्नुहोस्

ढल्केवर (धनुषा) : तीन वर्षअघि क्रसर डनबाट हत्या गरिएका पर्यावरण अभियन्ता दिलीप महतो (ओमप्रकाश)को मुद्दामा जिल्ला अदालत धनुषाले तीन जनालाई दोषी ठहर गरेको छ।

बुधबार जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले घटनामा संलग्न विपिन महतो, जितेन्द्र महतो र मुनिन्द्र महतोलाई दोषी ठहर गरेको हो।

हत्यामा संलग्न रहेको आरोप लागेका अन्य चार जनालाई भने सफाइ दिइएको अदालतका स्रेस्तेदार विकास बस्नेतले जानकारी दिए। घटनामा संलग्न रहेको दाबी प्रमाण नपुगेपछि उनीहरूलाई सफाइ दिइएको बस्नेतले बताए। उनका अनुसार दोषी ठहर भएकाहरूको हकमा साजय फागुन १२ गते सुनाइने छ।

२०७६ पुस २५ मा खोलाको अवैध उत्खन्न रोक्न गएका धनुषाको मिथिला नगरपालिका-५ श्रीपुरका २४ वर्षीय महतोको क्रसर डनले हत्या गरेका थिए। दिलीपलाई कोखमा फलामको लिभर प्रहार गरी घाइते बनाएर टिपरले किचेर निर्मम हत्या गरिएको थियो। 

दिलीपको हत्यापश्चात् एक महिनाको अनुसन्धानपछि जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। उद्योग सञ्चालक विपिनलगायतले उनलाई फलामको लिभर र पेचकसले क्रूरतापूर्वक प्रहार गरेको प्रहरी अनुसन्धानबाटै पुष्टि भएको थियो।

अभियोग पत्रमा दिलीपलाई यातना दिई क्रूरतापूर्वक हत्या गरेको भन्दै सात जनालाई मुलुकी अपराध संहिता २०७४ को दफा ४१ बमोजिम जीवित रहेसम्म कैद सजाय माग गरिएको छ।

दिलीपका बुबा रामजीवनले मनसायपूर्वक हत्या गरेको भन्दै चुरिया माई बालुवा प्रशोधन उद्योग सञ्चालक विपिन कुमार महतो, उनका दाइ विनोदकुमार महतो र उद्योगमा कार्यरत मुनिन्द्र महतो, जितेन्द्र महतो, सत्यनारायण महतो, शत्रुधन महतो र दिलीपका साथी रोशनकुमार यादवविरुद्ध मुद्दा दायर गरेको थियो। 

उद्योग सञ्चालक विपिन तथा कर्मचारीहरू मुनिन्द्र र जितेन्द यसअघि नै जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेको आदेशमा मुद्दाको फैसला नहोउन्जेलसम्म कारागारमा छन्। विनोद, रोशन, सत्यनारायण र शत्रुधनले भने मुद्दामा सफाइ पाएका छन्। उनीहरू चार जना यसअघि नै धरौटीमा छुटिसकेका थिए।  


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.