विराटनगरबाट तीन किलो गाँजासहित दुई भारतीय पक्राउ

विराटनगरबाट तीन किलो गाँजासहित दुई भारतीय पक्राउ
गाँजासहित पक्राउ परेका भारतीय नागरिक । तस्बिर: अन्नपूर्ण
सुन्नुहोस्

पक्राउ परेकाको साथबाट तीन किलो गाँजा र एउटा भारतीय मोटरसाइकल पनि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

विराटनगर : विराटनगरबाट लागूऔषध गाँजासहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ परेकाको साथबाट तीन किलो गाँजा र एउटा भारतीय मोटरसाइकल पनि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । विराटनगर महानगरपालिका–१५ स्थित रानी बसपार्कबाटबिहीबार राति भारत अररिया दक्षिण महेश्वरीका २३ वर्षीय सुनीलकुमार साह र अररिया विसनपुरका ३९ वर्षीय प्रमोद यादव पक्राउ परेका हुन् । बीओपी (बोर्डर आउट पोस्ट) रानीबाट खटिएको सशस्त्र प्रहरी नायव निरीक्षक थानबहादुर खड्का नेतृत्वको टोलीले राति ८ बजेतिर उनीहरुलाई पक्राउ गरेको हो । 

पैदल नै भारतको जोगवनीतिर जाँदै गरेका साहलाई सुरूमा सशस्त्रले नियन्त्रणमा लिएको थियो । खानतलासी गर्दा उनले बोकेको झोलाबाट ३ किलो गाँजा बरामद भएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ थापाले जानकारी दिए । उनका अनुसार सोधपुछका क्रममा साहले उक्त गाँजा आफूलाई प्रमोद यादवले दिएको र भारततिर लैजान भनेको बताएका थिए । 

त्यसलगत्तै खोजतलास गरेर यादवलाई बीआर ३८ सी २६०६ नम्बरको मोटरसाइकलसहित विराटनगर–१५ बाटै पक्राउ गरिएको थापाको भनाइ छ । उनले पक्राउ परेकाहरुको साथबाट २ वटा भारतीय आधार कार्ड र नेपाली १ हजार २ सय १० रूपैयाँसमेत बरामद भएको बताए । 

एसपी थापाका अनुसार पक्राउ परेका दुवै जनालाई बरामद भएको गाँजा तथा नियन्त्रणमा लिएको मोटरसाइकलसहित आवश्यक अनुसन्धान र कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.