उपचारसँगै बिमा पनि निःशुल्क

उपचारसँगै बिमा पनि निःशुल्क
बर्दिया जिल्ला अस्पतालमा भर्ना भएका बिरामीलाई बिमा कार्ड हस्तान्तरण गर्दै अभिकर्ता। यादव आचार्य
सुन्नुहोस्

गुलरिया : बर्दिया जिल्ला अस्पतालको इमर्जेन्सीमा उपचार गराउँदै गर्दा गुलरिया नगरपालिकाका ६३ वर्षीय कुलबहादुर मगर अस्पतालको शय्यामै निःशुल्क बिमा कार्ड पाए। बिमा कार्डबाट अस्पतालमा प्राप्त तोकिएका सेवाहरू लिँदा पैसा नलाग्ने भएको सुन्दा नसर्ने दीर्घ रोगी उनमा खुसीको सीमा नै भएन। ‘अब त आर्थिक भार धेरै घट्ने भयो’, उनले मुहार हँसिलो पार्दै भने, ‘हामी जस्ता विपन्न दीर्घरोगीहरूलाई दिइएको निःशुल्क स्वास्थ्य सेवाले निकै राहत दिएको छ। अस्पतालमा यो सेवा सधैं टिकिरहोस्।’

बर्दिया अस्पतालमा पेन प्लस परियोजनामार्फत नसर्ने रोगको निःशुल्क उपचार सुरु गरिएपछि बिमासमेत निःशुल्क गर्न थालिएको हो। सुगर, प्रेसर, दम, मुटु, क्यान्सर, सिकलसेललगायत नसर्ने रोगको निःशुल्क उपचार क्लिनिकमार्फत बर्दिया अस्पताल गुलरियामा सेवा सञ्चालन भएको छ।

सरकारले निर्धारण गरेका नसर्ने रोगको निःशुल्क उपचारका लागि जिल्लाका विभिन्न पालिकाबाट बर्दिया अस्पताल गुलरियाको बहिरंग, इमर्जेन्सी एवं अन्तरंग विभागमा उपचारका लागि आउने बिरामीको बिमा गराइएको अभिकर्ता दुर्गा रावलले बताइन्। उनले भनिन्, ‘परियोजनाअन्तर्गत तोकिएको सेवा बिमामार्फत निःशुल्क हुने भएकाले सोही कार्यक्रमअन्तर्गत बिमा पनि निःशुल्क गरेका छौं। बिमा कार्य भर्खर सुरु गरिएको छ। विस्तारै यसलाई ब्यापक बनाउने गरी ३ जना अभिकर्ता खटिएका छौं।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको साझेदारीमा सञ्चालन गरिएको परियोजनाअन्तर्गतको पेन–प्लस क्लिनिक विधिवत् रूपमा उद्घाटन गरी उपचार सुरु भएको जिल्ला अस्पताल बर्दियाका प्रमुख डा. सुभाष पाण्डेयले बताए। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले क्लिनिक उद्घाटन गरेपश्चात् सेवा औपचारिक रूपमै सुरु भएको थियो। ‘क्लिनिकमा दिनहुँ ३५ जनाभन्दा बढी बिरामी आइरहेका छन्। हामीले सबैको अस्पतालमा लाग्ने सम्पूर्ण उपचार सेवा निःशुल्क उपलब्ध गराएका छौं। बिमा गरेकाहरूले आफ्नै बिमाबाट निःशुल्क सेवा लिनुहुन्छ। बिमा नगरेकालाई पनि निःशुल्क सेवा दिइरहेका छौं’, डा.पाण्डेय प्रष्ट पारे, ‘क्लिनिकमा आउने बिमा नभएका बिरामीलाई निःशुल्क बिमा गर्ने व्यवस्था क्लिनिकमार्फत मिलाएका छौं। 

यसमा कुनै सिफारिस आवश्यक पर्दैन। कार्यक्रमले तोकेका नसर्ने रोगका बिरामी हुनुपर्‍यो। अस्पतालमा निःशुल्क चेकजाँच गरिएका जटिल किसिमका बिरामीलाई अन्य सुविधा सम्पन्न अस्पतालमा रिफर गर्छौं।’ स्थानीयलाई चाहिने सेवाको सर्वसुलभ रुपमा गुणस्तरीय सेवा दिनका लागि प्रोजेक्टले काम सुरु गरेको उनी बताउँछन्। पेन कार्यक्रम ७७ वटै जिल्लामा सञ्चालन भएको छ। सोही कार्यक्रमलाई परिमार्जित गरी पेन प्लस कार्यक्रम ६ वटा जिल्लामा सञ्चालनमा गर्ने योजना अनुरूप बर्दियामा कार्यक्रम सुरु गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.