अन्तर नगर पुरुष खो खो सुरु

अन्तर नगर पुरुष खो खो सुरु
सुन्नुहोस्

भक्तपुर: भक्तपुर नगरपालिकाको आयोजनामा अन्तर नगर पुरुष खो खो प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ। प्रतियोगिता फागुन ९ गतेसम्म सञ्चालन हुनेछ।

भक्तपुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष तथा युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीका अनुसार अन्तर नगर पुरुष खो खो प्रतियोगितामा १३ वटा नगरपालिका सहभागी छन्। ती नगरपालिकाका १४ वटा टीमबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा प्रथम हुने टीमलाई १ लाख ५० हजार, दोस्रो हुनेलाई १ लाख र तेस्रो हुनेलाई ५० हजार नगद पुरस्कारको व्यवस्था गरिएको जनाइएको छ। साथै खेलमा सहभागी नगरपालिकालाई नगद ५ हजार पुरस्कारको व्यवस्था गरेको जानकारी गराइएको छ।

प्रतियोगिताको उद्घाटन अघि भक्तपुर नपा वडा नं. ९ दत्तात्रयबाट र्‍यालीसहित नगरपरिक्रमा गरी शहीदस्मृति खेलमैदानमा पुगी सभामा परिणत भएको थियो। र्‍यालीमा भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरु, पूर्व जनप्रतिनिधिहरु, कर्मचारीहरु, स्वयम्सेवक, खेलाडी तथा विभिन्न विद्यालयहरुका विद्यार्थीहरुको सहभागिता थियो। 

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेँले राष्ट्रिय रेफ्रि साजन दुवाललाई खेल सामाग्री हस्तान्तरण गरेका थिए भने खेलाडीहरुको तर्फबाट राज कुस्मा, प्रशिक्षककोतर्फबाट कपिल भट्ट र निर्णायकको तर्फबाट साजन दुवालले अन्तर नगर पुरुष खो खो प्रतियोगिता अनुशासित ढंगले सम्पन्न गर्न शपथ लिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.