उदयपुरको सदरमुकाममा ३० करोडको खानेपानी आयोजना

उदयपुरको सदरमुकाममा ३० करोडको खानेपानी आयोजना
सुन्नुहोस्

उदयपुर: खानेपानीको समस्या झेल्दै आएका उदयपुरको सदरमुकामबासीका लागि नयाँ योजना सञ्चालन गरिने भएको छ। 

त्रियुगा नगरपालिकाका सदरमुकाम आसपासका क्षेत्र चार हजार घरघुरीलाई स्वस्च्छ खानेपानी खुवाउने लक्ष्यकासाथ गाईघाट खानेपानी योजनाको शिलान्यास गरिएको हो।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको करिब ३० करोड लागतमा वडा नम्बर ११, १२ र १३ का बस्तिमा खानेपानी बिस्तार गर्ने योजनाकासाथ निर्माण कार्य सुरु गरिएको गाईघाट खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष प्रकाशकुमार बस्नेतले जानकारी दिए।

 
दुई वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी काम सुरु गरिएको उनले बताए। योजना अन्र्तगत सात लाख लिटरको खानेपानी ट्याकी, टिमेन्ट प्लान्ट, अग्नी नियन्त्रण स्टेसन ५ वटा, कार्यालय भवन, पम्प हाउस लगाएतका संरचना निर्माण हुने अध्यक्ष बस्नेतले बताए । 

उनका अनुसार तीन वटा वडामा एकलाख ५ हजार मिटर खानेपानीको लाईन विस्तार गरिने र तीन हजार ८ सय ८० घर परिवारलाई खानेपानी धारा वितरण गरिने छ। त्रियुगा नगरपालिका वडा नम्बर १० मा मुहान रहने आयोजनाको एक समारोहविच त्रियुगा नगरपालिकाका मेयर बसन्तकुमार बस्नेत र उपमेयर महेश्वरी राईले संयुक्तरुपमा शिलान्यास गरे।

कार्यक्रममा मेयर बस्नेतले तोकिएको समयमा गुणस्तरिय काम गर्न निर्माण कम्पनीलाई आग्रह गरे। उनले नगरपालिकामा हाल २५ वटा खानेपानीका योजनाहरु संचालनमा रहेकाले आगामी दुई बर्ष भित्र सबै खानेपानी योजना सम्पन्न गर्नेगरि नगरपालिका अगाडी बढेको बताए।
 
उपमेयर राईले जलवायु परिवर्तनकाकारण दिनदिनै पानीका स्रोतहरु सुक्दै जाँदा पीउने पानीको अभाव हुन थालेकाले स्थायित्व हुने गरी निर्माण कार्य अघि बढाउन सुझाब दिईन् । उनले सीमित स्रोतसाधनले बढ्दो जनघनत्वलाई ढाक्न सक्ने अवस्था नरहेकाले दीर्घकालिन सोचका साथ योजना बनाउनु पर्ने बताईन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.