स्थानापति महादेव मन्दिरमा दर्शनार्थीको घुइँचो
रामेछाप: पूर्वको दोस्रो र नेपालको तेस्रो महादेवका नामले चिनिएको मन्थली नगरपालिका वडा नं ९ को स्थानापति महादेव मन्दिरमा आज दर्शनार्थीको घुँइचो थियो। बिगतका वर्षभन्दा यो वर्ष दर्शनार्थी बढेको स्थानापति विकास समितिले जनाएको छ।
आफूले गरेको भाकल गरेको पूरा हुने जनविश्वासका साथ दर्शनार्थी पुग्ने गरेका छन्। स्थानापति महादेवलाई बैरामहादेव भनेर पनि भन्ने गरेकाले थुलो स्वरमा कराएर वर माग्ने चलन छ। मन्दिरमा सन्तान नहुनेले सन्तान र वस्तुभाउ नफाप्नेहे पशु चौपाया माग्ने गर्दछन्।
वैदेशिक रोजगार होस् या जुनसुकै शुभ कार्यमा स्थानापति महादेवलाई भकल गर्ने क्रम पनि बढेको पाइएको छ।
महाशिवरात्रीको अवसरमा विभिन्न जिल्लाबाट दर्शनार्थी आएको स्थानापती विकास समितिका अध्यक्ष राजकुमार बोहराले बताए।