सर्लाहीको विष्णु गाउँपालिकामा भीषण आगलागी, ७० घर जलेर नष्ट

सर्लाहीको विष्णु गाउँपालिकामा भीषण आगलागी, ७० घर जलेर नष्ट
सुन्नुहोस्

मलंगवा : सर्लाहीको दक्षिणी क्षेत्रमा अवस्थित विष्णु गाउँपालिका-१ बाराउद्योरणमा आगलागी हुँदा गाउँ नै सखाप भएको छ। करिब ७० घर जलेर खरानी भएको छ।

स्थानीय सत्रुधन राउतको घरको घरबाट सुरु भएको आगलागीमा परेर गाउँ नै सखाप भएको हो। गाउँ भन्दा केही पर रहेको प्रभु राउत र हरी राउतको घर बाहेक गाउँ पुरै सखाप भएको स्थानीय अजित कुमार सिंहले जानकारी दिएका छन्। सत्रुधनको काठको दुई तल्ले घरबाट सुरु भएको आगलागीले पूरै गाउँ नै सखाप बनाएको सिंहले बताएका छन्।

स्थानीय सिंहका अनुसार सत्रुधन राउतको घरबाट आगलागी सुरु भएको थियो। आगलागी भएको केही मिनेटमै घरमा रहेको ग्याँस सिलिण्डर पड्कँदा आगो गाउ भर छरिएका थिए। आगलागीको क्रममा गाउँको ७ वटा सिलिण्डर पड्किएको थियो। चर्को गर्मी र तेज गतिमा बहेको हावाका कारण आगो चाँडै नै गाउँ भर फैलिएको थियो। 

आगलागीमा परेर कति घर जले, के कति क्षति भएको हो त्यसको विवरण आउन बाँकी नै रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले बताएका छन्। आगो नियन्त्रणमा रहेको र तथ्यांक संकलनको काम भइरहेको प्रहरीले बताएका छन्।

स्थानीयबासी, प्रहरी र हरिवन नगरपालिका र महोत्तरीको रामगोपालपुरबाट आएको बरुण यन्त्रले आगोलाई नियन्त्रणमा लिएको छ। केही दिन अगाडि धनकौल गाउँपालिका, चक्रघट्टा गाउँपालिका, बसबरिया गाउँपालिका र हरिपूर्वा नगरपालिकामा आगलागी हुँदा घरहरू जलेर नष्ट भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.