नौमती बाजामा रमाएका जर्मन जन्ती

नौमती बाजामा रमाएका जर्मन जन्ती
सुन्नुहोस्

गोरखाः होटल गोरखा गार्डेनको आँगनमा जग्गे, जग्गेमा बेहुली बनेर बसेकी भवानी रेग्मी र उनको दायाँतर्फ बेहुला लार्स मार्क्स दौरा सुरुवालमा सजिएका थिए। आँगनभरि दौरा, सुरुवाल र साडी चोलोमा सजिएका जर्मन जन्ती। अर्कातिर नौमती बाजा बजाउँदै महिला बाजा समूह नाचगान गर्दै थिए।

गोरो छाला र अग्ला कद भएका जर्मन जन्ती गोरखा बजारकी चेलीसित बिहे गर्न एकसाता अघिदेखि आएर बसेका थिए। शनिबार फागुन कृष्ण त्रयोदशीमा बिहेको लगन जुराइएको थियो।

पुरोहित थिए, विष्णु खनाल। उनले हिन्दू रीतिरिवाज अनुसार विधि पुर्‍याएर बिहे गराइदिए । सिन्दुर हाल्ने, कन्यादान दिने तथा मारे पाप, पाले पुण्य भनेर अन्माउने काम भयो।

अर्कातिर जर्मन जन्तीहरु घरबेटीहरुसित हातमा हात समातेर दिनभरि नाँचे। दुवैतर्फका सम्धी, सम्धिनीहरुलाई पनि हात समातेर नचाए।

लार्स मार्क्स र उनका अभिभावकहरु नेपाली परम्पराअनुसार विवाह गर्न पाउँदा उत्साहित देखिन्थे। ‘नेपाली परम्पराअनुसार बिहे गर्न मैले एकचोटी मात्र प्रस्ताव गरेकी थिएँ, उहाँ र उहाँको परिवारले एकदम खुशीसाथ स्वीकार्नु भयो’, भवानीले भनिन्, ‘अनि फागुन १ गते मसहित उहाँहरु पनि नेपाल आएका हौँ।’

भवानी रेग्मी इन्भारमेण्टल इञ्जिनियर हुन् । उनी पढ्न १३ वर्षअघि जर्मनी पुगेकी थिइन् । पढ्ने तथा रोजगारीका क्रममा लार्स मार्क्ससित उनको प्रेम सम्बन्ध स्थापित भएको थियो। प्रेम सम्बन्धलाई नेपाली धर्म, संस्कार, संस्कृतिअनुसार शनिबार विवाहमा परिणत गरिएको हो।

शनिबार साँझ भवानीलाई अन्माएर जर्मनी लाने अवस्था थिएन त्यसैले बेहुली र जन्तीलाई सोही होटलमा छाडेर घरबेटीहरू साँझ घर फर्किए।

जर्मन नागरिक सबैले नेपाली टोपी, नेपाली दौरा सुरुवाल, निधारमा रातो टीका लगाएर नौमती बाजा बजाएर नेपाली गीतमा दिनैभरि नाचेको देखेर साह्रै खुशी लागेको घरबेटी खडानन्द रेग्मीले बताए। महिला बाजा समूहले बाजा बजाएको देखेर हामी पनि दंग थियौँ, उनीहरु पनि निकै अचम्म मानिरहेका थिए। 

‘नेपालका इशाइहरू रातो टीका लगाउन आनाकानी गर्छन्, तर उनीहरु सबैले रातो टीका लगाएर नेपाली संस्कार, संस्कृतिलाई इज्जत दिएर मज्जाले रमझम गरेको देख्दा असाध्यै रमाइलो लाग्यो’, उनले भने, ‘जर्मनीदेखि जन्ती आएर नेपाली रीतिथिति अनुसार बिहे गरेको गोरखामा मैले पहिलो पल्ट देखेको हो ।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.