कार्यसम्पादन मूल्यांकनमा उदयपुरगढी प्रदेश १ कै पहिलो
उदयपुर : हालै सार्वजनिक भएको स्थानीय तहहरूको कार्यसम्पादन मूल्यांकनमा उदयपुरको उदयपुरगढी गाउँपालिका प्रदेश १ कै पहिलो बनेको छ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय तहहरूको कार्यसम्पादन सूचकसम्बन्धी विवरणअनुसार उदयपुरगढी गाउँपालिका कुल ७१.९ अंक प्राप्त गरी प्रदेशकै पहिलो बनेको हो।
आयोगले सार्वजनिक गरेको नतिजाअनुसार कटारी नगरपालिकाले ६२.५४, चौदण्डीगढी नगरपालिका ६१.८३, बेलका नगरपालिका ५८.९०, त्रियुगा नगरपालिका ५८.५८, ताप्ली गाउँपालिकाले ५७.३५, लिम्चुङबुङ गाउँपालिका ५७ र रौतामाई गाउँपालिका ५०.२९, अंक प्राप्त गरेको छ।
जिल्लागत रूपमा उदयपुरगढी पहिलो र रौतामाइ गाउँपालिका अन्तिम भएको छ।