व्यापार मेलामा परम्परागत सामग्री प्रदर्शन (फोटो फिचर)

व्यापार मेलामा परम्परागत सामग्री प्रदर्शन (फोटो फिचर)
सुन्नुहोस्

जनकपुरधाम : सधैं नेपाल प्रहरीको खेलमैदान र गाडी सिक्नेहरूको ताँती हुने जनकपुरधामको ऐतिहासिक तीरहुतिया गाछीमा हिजोआज पुग्दा फरक अनुभूति हुन्छ। 

प्रायः सुनसान रहने र यहाँ वरिपरिका मानिसहरूको क्रिकेट, फूटबल र कहिलेकाहीँ गाडी सिक्ने/सिकाउने ठाउँमा अहिले जनकपुरधाम व्यापार मेला चलिरहेको छ।

परम्परागत झल्को दिने मूलगेटबाट भित्र छिरेपछि दायातर्फ मेला आयोजक संस्था जनकपुरधाम उद्योग वाणिज्य संघले कृषि संग्रहालयमा कृषिसँग सम्बन्धित सामग्री प्रदर्शनमा राखिएको छ। 

 

संग्रहालयभित्र परम्परागत कृषि औजार, ठेकी, मदानी, हलो, फाली, लोटा, डाली, ढकिया, ढिकी, जाँतो, कोल्हु लगायतका परम्परागत लोपोन्मुख सामग्री राखेको छ।

मेला हेर्न आएकी काठमाडौंकी सुष्मा भट्टले लोपोन्मुख सामग्री चिनाउनु नयाँ पुस्ताका लागि प्रेरणादायी भएको बताउँछिन्। कृषि कर्ममा आधारित र आधुनिकतामा आधारित सामग्रीहरूको समिश्रण एकै ठांउमा हेर्न पाउदा खुसी लागेको बताइन्। 

‘गाउँ ठाउँको झल्को पनि हुने, एकैपटक नयाँ आधुनिक र परम्परागत जीवन जीउन सिकाउने प्रेरणादायी मेला छ।’ 

उनले संग्राहलयमा देखिएका अधिकांश चिजको मैले नाम नै जानिन, गाउँघरमा हुँदा देखेका ढिकी जातो त चिनें तर अरू त हेर्दा निकै आश्चर्य र रमाइलो लागेको बताइन्।’

मेलाले जनकपुरधाम र आसपासको पर्यटन प्रवर्द्धन तथा तराई मधेश र यहाँको रितिसंस्कृतिलाई धेरै हदसम्म झल्काउने प्रयास गरिएको जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले बताए। 

जनकपुरधाम व्यापार मेला ५ गतेदेखि सुरु भएर १४ गतेसम्म चल्ने अध्यक्ष महासेठले जानकारी दिए। 

उनले भने, ‘जनकपुरधाम मेला नै मेलाको सहर हो, हरेक वर्ष यहाँ धार्मिक तथा सांस्कृतिक मेला लाग्छ तर हामीले विदेशीदेखि यहाँ एउटा उद्यमीले बनाएको सानो उद्योगसम्मलाई जोड्ने प्रयास गरेका छौं।’

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.