स्याङ्जामा ट्याक्टर दुर्घटना : चालक र सहचालक दुवैको मृ्त्यु
स्याङ्जा : वालिङ नगरपालिकामा आइतबार राति ट्याक्टर दुर्घटना हुँदा चालक र सहचालकले ज्यान गुमाएका छन्।
मृत्यु हुनेमा चापाकोट नगरपालिका २ का ३२ वर्षीय नविन सुनार र वालिङ नगरपालिका ८ का १४ वर्षीय सोविन विक रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। सुनार चालक हुन् भने विक सहचालक।
वालिङको जगतभङ्जयाङ्बाट नगरपालिका ६ स्थित भित्री सडक खण्ड मिर्दितर्फ ढुङगा लिएर आउँदै गरेको ग १ त ६८८६ को नम्बरको ट्याक्टर आइतबार राति ८ बजेतिर अनियन्त्रित भई दुर्घटना हुँदा दुवैजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
उपचारका क्रममा सुनारको वालिङ् प्राथमिक केन्द्रमा र विकको पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।