अन्तरनगर पुरुष खो खो : फाइलन ठाकुरबाबा र कीर्तिपुरबीच हुने

अन्तरनगर पुरुष खो खो : फाइलन ठाकुरबाबा र कीर्तिपुरबीच हुने
सुन्नुहोस्

भक्तपुर : भक्तपुर नगरपालिकाको आयोजनामा भएको अन्तरनगर पुरुष खो खोको उपाधिका लागि फाइलन खेल मंगलबार ठाकुरबाबा र कीर्तिपुर नगरपालिकाबीच हुने भएको छ । यस्तै तेश्रो स्थानका लागि धनगढी उपमहानगरपालिका र आयोजक भक्तपुर नगरपालिकाबीच भीडन्त हुने भएको छ ।

सोमबार भएको सेमिफाइन खेलमा धनगढी उपमहानगरपालिकालाई हराउँदै ठाकुरबाबा नगरपालिका विजयी भएको थियो । साथै भक्तपुर नगरपालिका वीलाई हराउँदै कीर्तिपुर नगरपालिकाले विजय यात्रा तय गरेको थियो ।

मंगलबार पहिलो खेल तेश्रो स्थानका लागि हुने छ भने अन्तिम खेल पहिलो स्थानका लागि हुने जनाइएको छ । विजयी टोलीलाई सांसद प्रेम सुवालबाट पुरस्कार तथा प्रमाणपत्र वितरण गर्ने कार्यक्रम तय गरिएको छ । 

प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख ५० हजार, दोस्रो हुनेलाई  १ लाख र तेस्रो हुनेलाई ५० हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ । साथै प्रत्येक खेलमा सहभागी नगरपालिकालाई नगद ५ हजार पुरस्कारको व्यवस्था गरिएको छ । खेल महेश्वरी खेल मैदान भक्तपुरमा हुने छ । 

भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष अन्तर नगर खेलकुद प्रतियोगिता गर्दै आइरहेको छ । यस अन्तर्गत पहिलो वर्ष भलिबल, दोस्रो वर्ष कराँते, तेस्रो वर्ष एथ्लेटिक्स र चौथो वर्ष बुद्धिचाल प्रतियोगिता सफलताका साथ सम्पन्न गरेको थियो ।

त्यस अनुसार यो वर्ष खो खो प्रतियोगिता भएको हो । प्रतियोगिता फागुन ५ गतेदेखि सुरु भएको थियो । यसअघि प्रतियोगिताका लागि नगर प्रमुख सुनिल प्रजापतिको संयोजकत्वमा १३५ सदस्यीय मूल समिति र ११ वटा उपसमितिहरू गठन गरिएका थिए । प्रतियोगिताको उद्घाटन सहिद स्मृति खेलमैदानमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेले गरेका थिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.