च्छोरोल्पा अस्पतालका सुत्केरीलाई उपहार
दोलखा: चरिकोटमा सञ्चालित च्छोरोल्पा जनरल अस्पताल प्रालिले सुत्केरी सेवा लिन आउनेलाई फ्रिडम किट व्याग वितरण गरेको छ।
बेलायतको फ्रिडम किट व्याग संस्थाले मेडिकल डाईरेक्टर डाक्टर विनोद दंगाल र जनरल सर्जजन डाक्टर अर्चना केसीमार्फत् उपलब्ध गराएको हो। किट संस्थामा सुत्केरी गराउन आउने महिलाको लागि निःशूल्क वितरण गर्न सुरु गरिएको हो।
डाक्टर केसीले किटको प्रयोग कसरी गर्ने, किट प्रयोग गर्दा हुने फाईदाको विषयमा अस्पतालको कर्मचारी र बिरामीलाई जानकारी गराएका थिए। किटमा पुनः प्रयोग गर्न मिल्ने स्यानेटरी प्याड सहितको प्याकेज छ।
करिब ५ हजार बरावरको सामाग्री रहेको किट व्यागले महिलामा हुने पाठेघर संक्रमणको न्यूनीकरण गरी गुणस्तरीय जीवनयापनमा मद्दत पुग्ने डाक्टर दंगालले बताए।
हालसम्म अस्पतालमा सुत्केरी हुन आउने ३ जनालाई फ्रिडम किट व्याग वितरण गरिएको र सुत्केरी हुन आउने सबै एक/एक थान फ्रिडम किट व्याग उपलब्ध गराउने अस्पतालले जनाएको छ।