पर्सा क्रिकेट लिगको उपाधि नेशनल इन्फोटेकलाई
वीरगन्ज : वीरगन्जमा आयोजित पर्सा क्रिकेट लिग २०७९ को उपाधि नेशनल इन्फोटेक क्लबले जितेको छ।
मंगलबार वीरगन्जको नारायणी रंगशालाको क्रिकेट मैदानमा भएको फाइनल खेलमा युनाइटेड क्रिकेट क्लब मुर्ली वीरगन्जलाई ३ विकेटले हराउँदै नेशनल इन्फोटेकले उपाधि जितेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको युनाइटेड क्रिकेट क्लब मुर्लीले पूरा २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १४६ रन बनाएको थियो।
१४७ रनको लक्ष्य इन्फोटेकले पुरा २० ओभर खैल्दै ७ विकेटको क्षतिमा पूरा गरेको हो।
वीरगन्ज महानगरपालिकाको आर्थिक सहयोगमा पर्सा क्रिकेट संघले फागुन २ गतेदेखि आयोजना गरेको प्रतियोगितामा आठ टिमले भाग लिएका थिए।
प्रतिक्रिया दिनुहोस !
५