खुला फुटबलमा आयोजक भक्तपुर र केदारनाथ सुटर्स सेमिफाइनल प्रवेश

खुला फुटबलमा आयोजक भक्तपुर र केदारनाथ सुटर्स सेमिफाइनल प्रवेश
सुन्नुहोस्

भक्तपुर : भक्तपुरमा जारी दोस्रो भक्तपुर कप-२०७९ खुला फुटबल प्रतियोगितामा भक्तपुर युवा टिम र केदारनाथ सुटर्स ‍सेमिफाइनलमा प्रवेश गरेका छन्। 

मंगलबार सम्पन्न क्वाटरफाइनल खेलबाट आयोजक भक्तपुर र केदारनाथ सेमिफाइनलमा प्रवेश गरेका हुन्। 

आयोजक भक्तपुर र सूर्यविनायक नगरपालिकाबीचको पहिलो क्वाटरफाइनल खेलमा भक्तपुर युवा टिमले सूर्यविनायक नगरपालिकालाई ६-० गोलले पराजित गरी सेमिफाइनलको यात्रा तय गरेको हो। 

दोस्रो खेलबाट केदारनाथ सुटर्स र हेल्दी फुटसलबीच भएको दोस्रो क्वाटरफाइनल खेलमा केदारनाथ सुटर्सले हेल्दी फुटसललाई १-० ले पराजित गरी सेमिफाइनलको यात्रा तय गरेको छ।

खेलबाट भक्तपुर युवा टिमका विनय खायमली उदयीमान खेलाडी घोषित भए भने भक्तपुर युवा टिमकै  विक्रान्त नरसिंह राना उत्कृष्ट खेलाडी घोषित भए। 

खेलबाट केदारनाथ सुटर्सका सनिश श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भएका छन् भने हेल्दी फुटसलका जिन्लप तामाङ उदयीमान खेलाडी घोषित भएका छन्।

क्वाटरफाइनलको बाँकी दुई खेल बुधबार खेलाइने छ। जसअनुसार द हिलिङ एफसी र बनेपा ब्वाइजबीच पहिलो खेल हुनेछ भने दोस्रो खेल सीओबी युथ क्लब र गोदावरी एफसीबीच हुनेछ। 

प्रतियोगिताको सेमिफाइनलका खेलहरू फागुन ११ गते हुने छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.