शल्यक्रियाबाट प्रसूति सेवा सुरु

शल्यक्रियाबाट प्रसूति सेवा सुरु
सुन्नुहोस्

सन्धिखर्क : अर्घाखाँची जिल्ला अस्पतालमा शल्यक्रिया विधिबाट प्रसुती सेवा फेरि सुरु भएको छ।  

जिल्ला सदरमुकाम सन्धिखर्कमा रहेको अस्तालमा बिरामीको संख्या ह्वात्तै वृद्धि भएपछि केही समय पहिलादेखि बन्द रहेको सीएस सेवा अर्थात् शल्यक्रिया विधिबाट प्रसूति गराएर बच्चा निकाल्ने सेवा पनि सुचारु गरिएको डा. जगन्नाथ तिवारीले जानकारी दिए। 

जटिल प्रकृतिका प्रसूतिहरूलाई शल्यक्रियाका लागि बुटबल जानुपर्ने बाध्यता हटेको छ। शल्यक्रियाकै लागि बुटबल जानुपर्ने बाध्यता हटेपछि स्थानीयहरू पनि खुसी भएका छन्। दुई जना एमडीजीपी, एक जना विशेषज्ञ, र पाँच जना मेडिकल अफिसर डाक्टरहरूबाट सेवा सुचारु गरिरहेको अस्पतालका प्रमुख डा. तिवारी बताए। 

केही समय पहिला सरकारी तथा सामुदायिक अस्पतालमा उपचार गराउनुको साटो निजी स्वास्थ्य संस्थामा उपचार गर्नेहरू पनि अहिले जिल्ला अस्पतालमा उपचारका लागि पुग्ने गरेका छन्। 

दैनिक एक सयदेखि १ सय ५० जनासम्म ओपीडीमा उपचारका लागि आउने संख्या अहिले बढेर दैनिक तीन सय भन्दा बढी पुगेको अस्पतालले जनाएको छ। बालबालिका, ज्येष्ठ नागरिक,  मौसमी रुघाखोकी तथा दीर्घरोगका बिरामीहरू उपचारका लागि आउने गरेका छन्। ओपिडीमा मात्र नभएर इमर्जेन्सीका बिरामीहरू पनि बढेका छन्। अस्पतालमा भर्ना भएर उपचार गराउने संख्या पनि बढेको छ। 

अत्याधुनिक मेसिनबाट अधिकांश रोगको चेक गरिने ल्याब सेवा सञ्चालन भएको छ। थाइराइड, फंगसन टेस्ट देखि लिएर सबै प्रकारका वायो केमेस्टिक टेस्ट, डिजिटल एक्सरे, डप्लर अल्टासाउन्ड सेवा, फिजियो थेरापी सेवा लगायतका सेवाहरू नियमित सञ्चालन भएका छन्। 

दैनिक ५०-६० वटासम्म अल्टासाउन्ड हुने गरेका छन्। अन्य माइनर अप्रेसन हाइड्रोसिल, हर्निया लगायत रोगको शल्यक्रिया पनि अर्घाखाँची अस्पतालमा हुने गरेका छन्। सीएस सेवा सञ्चालन गर्दा जिल्लामा ब्लड बैंक नभएर समस्या हुने तर अप्रेसन गर्नुभन्दा पहिला ब्लड दिने ब्यक्तिलाई राखेर अप्रेसन गरिरहेको अस्पतालका प्रमुख डाक्टर तिवारीको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.