बैतडी अस्पतालका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा ठप्प

बैतडी अस्पतालका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा ठप्प
सुन्नुहोस्

बैतडी : अतिरिक्त सेवा सुविधा नपाएको भन्दै जिल्ला अस्पताल बैतडीका चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन्। विगत ९ महिनादेखिको अतिरिक्त सेवा र बिदाको समयमा गरेको काम वापतको रकम नपाएको भन्दै अस्पतालका चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन्। 

आइतबारदेखि अत्यावश्यक बाहेकका सवा बन्द पारेका छन्।  सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयलाई पटक–पटक पत्राचार गर्दा समेत चासो नदेखाएपछि आन्दोलनमा उत्रिनु परेको जिल्ला अस्पताल बैतडीका निमित्त प्रमुख डाक्टर हरिशचन्द्र विष्टले जानकारी दिए। 

‘मन्त्रालयमा पटक पटक आग्रह गर्दा पनि हाम्रो मागबारे कुनै सुनुवाइ भएन, मन्त्रालयसँग अनावश्यक क्षेत्रमा रकम गर्न खर्च हुने तर हाम्रो अतिरिक्त सेवाको रकम उपलब्ध गराउन बजेट नहुने ?,’ डा. बिष्टले भने, ' कहिले मन्त्री छैन् भन्ने, एक पटक मन्त्री पनि हुनुभयो हाम्रो माग अघि बढेन, अहिले मन्त्री छैनन् भन्ने कुरा छ, नयाँ मन्त्री नहुँदासम्म हामीले पारिश्रमिक नपाउने हो भने त्यो दिनसम्म हामी सेवा पनि ठप्प गर्छौँ, हाम्रा मागप्रति सरकारले चासो नदिएसम्म आन्दोलन रहन्छ।’

निमित्त प्रमुखको जिम्मेवारीमा रहेका डा. बिष्टले आजै निमित्तको जिम्मेवारीसमेत त्यागेर कार्यकक्षमा ताला लगाएका छन्। उनले जिम्मेवारी छाडेको पत्र प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मालाई बुझाइसकेका छन्।  

मन्त्रालयले आफूहरुको श्रम शोषण गरेको चिकित्सकहरुको आरोप छ। आफूहरु बिरामीको सेवामा अहोरात्र खटिंदासमेत मन्त्रालयले आफूहरुको रकम भुक्तानी नगरेको उनीहरुको भनाइ छ। कमिशन मिल्ने उपकरण खरिदमा मन्त्रालय अग्रसर देखिए पनि डाक्टरहरुले काम गरेको रकम भुक्तानीमा मन्त्रालय उदाशीन देखिएको उनीहरुको आरोप छ। 

डाक्टरबाहेक जिल्ला अस्पतालका अन्य कर्मचारीहरुले समेत अतिरिक्त सेवा वापतको रकम पाउन नसकेको जिल्ला अस्पताल बैतडीका डाक्टर धिरज जैसवालले बताए। उनले भने, ‘हामीले विगतदेखि नै रकम भुक्तानीका लागि माग गरेका हौं तर मन्त्रालयले उक्त माग सम्बोधन गरेन।’ 

अस्पतालका ९० बढी कर्मचारीले करिव ४९ लाख रकम पाउन बाँकी रहेको छ। अस्पतालको सेवा प्रभावित भएपछि यहाँका बिरामी तथा सेवाग्राही समस्यामा परेका छन्। डाक्टर तथा अस्पतालका कर्मचारीहरुको टोलीले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएका छन्।  

मन्त्रालयको पटक–पटक ध्यानाकर्षण गराउँदासमेत समस्या समाधान नभएकाले आफूहरु प्रदेश राजधानीमै रहेको जिल्ला अस्पताल व्यवस्थापन समिति बैतडीकी अध्यक्ष पार्वती भट्टले बताइन्।  आफूहरुको माग पूरा नभएसम्म ओपिडी सेवा संचालन नगर्ने डाक्टर तथा कर्मचारीहरुको अडान छ। जसका कारण यहाँका नागरिकहरुले समेत समस्या भोग्नुपरेको छ।

यसबारेमा प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले नागरिकहरुलाई अप्ठ्यारो हुने काम नगर्न चिकित्सकहरुलाई सुझाव दिए। उनले भने, ‘उहाँहरुका जायज मागको बारेमा मैले पनि सचिवज्यूसँग कुरा गरेको छु आशा छ समस्या समाधान होला, नागरिकहरुलाई तथा बिरामीहरुलाई मर्का पर्ने काम गर्नु भएन।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.