बाजुरामा भूकम्पको धक्का
काठमाडौं :बाजुरामा भूकम्पको धक्का महसुस गरिएको छ। बुधबार दिउँसो १:४५बजे ५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार जिल्लाको विछ्या आसपास केन्द्र बनाएर भूकम्प गएको हो।
छिमेकी जिल्ला अछाम,बझाङ र डोटीमा समेत भूकम्पको धक्का महसुस गरिएको छ। यसअघि पनि बाजुरामा भूकम्प गएको थियो।
क्षतिको विवरण आउन बाँकी छ।