भक्तपुर कप  : फाइनलमा द हिलिङ र केदारनाथ भिड्ने

भक्तपुर कप  : फाइनलमा द हिलिङ र केदारनाथ भिड्ने
सुन्नुहोस्

भक्तपुर : भक्तपुरमा जारी दोस्रो भक्तपुर कप-२०७९ खुला फुटबल प्रतियोगितामा द हिलिङ होम एफसी र केदारनाथ सुटर्स फाइनलमा प्रवेश गरेका छन्। 

बिहीबार भक्तपुर युवा टिम र द हिलिङ होम एफसीबीचको पहिलो खेलमा खेलको निर्धारित समयमा दुवै टिमबाट ३-३ गोलको बराबरी नतिजा भएको थियो। 

दुवै टिमबीच भएको पेनाल्टी सुट आउटमा द हिलिङ होम एफसीले भक्तपुर युवा टिमलाई २-४ गोलले पराजित गरी एफसी फाइनल प्रवेश गरेको हो।

दोस्रो सेमिफाइनल खेलबाट केदारनाथ सुटर्स फाइनल चरणमा प्रवेश गर्न सफल भएको छ। केदारनाथ र गोदावरी युनाइटेड एफसीलाई ३-१ गोलले पराजित गरी केदारनाथ सुटर्स फाइनलमा प्रवेश गरेको हो। भक्तपुर युवा टिमले यही फागुन ५ गतेदेखि प्रतियोगिता सञ्चालन गरेको हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.