राजमार्गका होटलमा गुणस्तरहीन खाना

राजमार्गका होटलमा गुणस्तरहीन खाना
बैतडीको सत्तबाजस्थित एक होटलमा खाना तयार गरिँदै।
सुन्नुहोस्

बैतडी : राजमार्ग छेउका होटलको खाना गुणस्तरहीन रहेको पाइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीले मुख्य राजमार्गमा रहेका होटलहरूको अनुगमन गर्दा अधिकांश होटलहरू गुणस्तरहीन रहेको पाइएको हो। 

दशरथचन्द राजमार्गमा रहेका खोडपे, पाटन, सत्तबाझ, गोठलापानी बजारमा गरिएको अनुगमनमा न्यून गुणस्तर रहेको पाइएको हो। २५ वटा होटलमा गरिएको अनुगमनमा २ वटा होटल मात्रै स्तरीय रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका बैतडीका प्रमुख प्रवीणकुमार अधिकारीले जानकारी दिए।

‘अधिकांश होटलहरू न्यून गुणस्तरकै पाइयो। संरचना उपयुक्त देखिएन। दाउराबाट खाना पकाउने, फोहोर व्यवस्थापन छैन, खाना छोपेर नराख्ने, शुद्ध खानेपानीको व्यवस्था पनि छैन’, प्रमुख अधिकारीले भने, ‘हामीले सुधार गर्न भनेका छौं।’ मुख्य राजमार्गहरूमा यात्रुहरूको चाप बढ्ने र बढी भीडभाड हुने भएकाले सरसफाइमा पटक्कै ख्याल नगर्ने गरेको अनुगमनका क्रममा भेटिएको थियो।यसरी बजारमा गुणस्तरहीन खानेकुराका कारण मानिसको स्वास्थ्य प्रत्यक्ष असर पर्ने गरेकाले सरोकारवाला निकायले चासो दिनुपर्ने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले उपभोक्ता सचेतनाका कार्यक्रम पनि गर्दै आएको छ। विभिन्न स्थानीय तहमा सचेतनाका कार्यक्रम हुने गरेको कार्यालयले जनाएको छ। बजार अनुगमनको जिम्मा स्थानीयतहको समेत रहेकाले बैतडीमा स्थानीयतहले बजार अनुगमन गर्ने गरेको छैन।

बैतडीमा रहेको बजार क्षेत्रमा अखाद्य वस्तुको बिक्री पनि बढ्दो अवस्थामा रहेको पाइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका अनुसार चालू आर्थिक वर्षमा १ लाख ८० हजार रुपैयाँ बराबरका अखाद्य वस्तु नष्ट गरिएको छ। त्यसैगरी म्याद नाघेका अखाद्य वस्तु बिक्री गर्ने, नियमविपरीत व्यवसाय सञ्चालन गरेको लगायतको कसुरमा १ लाख ९० रुपैयाँ जरिवनासमेत असुल गरिएको डिभिजन कार्यालयले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.