राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक १ बजे

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक १ बजे
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं: सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आजलाई बोलाएको छ। 

बैठक दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालयमा बोलाइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। बैठकमा राष्ट्रपति निर्वाचनबारे छलफल हुनेछ।

आज बोलाइएको बैठकका एजेण्डाबारे जानकारी दिँदै श्रेष्ठले भने, 'राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बोलाइएको छ। बैठक एक बजे पार्टी कार्यालयमा बस्नेछ। बैठकमा मुलत: राष्ट्रपति निर्वाचनका विषयमा केन्द्रित भएर छलफल हुनेछ। बैठकले राष्ट्रपति पदमा उम्मेदवार छनोट गर्ने तथा निर्वाचन प्रक्रियामा सहभागी हुने वा नहुने भन्ने विषयमा निर्णय गर्नेछ।'

बैठकले सरकारको कामको समीक्षासँगै विकसित पछिल्लो राजनीतिक घटनाका विषयमा पनि छलफल गर्ने छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.