६ महिनामा ३६ जनाले गरे आत्महत्या
भक्तपुर : ६ महिनामा भक्तपुरमा ३६ जनाले आत्महत्या गरेका छन्।
साउनदेखि पौष १४ गतेसम्मको झण्डै ६ महिनामा २० जना पुरुष र १६ जना महिलाले आत्यमहत्या गरेका जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक छ।
आत्महत्या, रोकथाम तथा न्यूनीकरण विषयमा सरोकारवालाहरूसँग शुक्रबार गरेको छलफलमा प्रमुख जनस्वास्थ्य अधिकृत कृष्णबहादुर मिजारले आत्महत्या गर्नेमा पुरुषको संख्या बढी देखिएको बताए।
तथ्यांक अनुसार साउन महिनामा एक, भदौमा १४, असोजमा ६, कार्तिकमा ३, मंसिरमा ५, पुषमा ७ जनाले आत्महत्या गरेका छन्।
मनोचिकित्सक डा दुर्गा थापाले मानसिक रोगको समस्यालाई कम आकलन गर्न नमिल्ने बताए। यसकारण मानसिक रोगको उपचार गर्नुपर्नेमा उनको जोड थियो।