महिलालाई व्यवसायी बनाउँदै सहकारी

महिलालाई व्यवसायी बनाउँदै सहकारी
सुन्नुहोस्

दोलखा : दोलखा भीमेश्वर नगरपालिका-६ रामकोटकी कविता चौलागाईं विगत एक वर्षदेखि सिलाई कटाई व्यवसायमा आवद्ध छिन्। यो व्यवसायले गुजारा चलाउन सहज भएको उनको भनाइ छ। 

एक वर्षअघि आफ्नै वडामा रहेको परोपकार महिला बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको सिलाई कटाई तालिममा सहभागी भएर सीप सिकेकी उनले अहिले घरमै सिलाई कटाई व्यवसाय सञ्चालन गरेकी छन्। 

'यो व्यवसायबाट मासिक १२/१५ हजारसम्म आम्दानी हुने गरेको छ उनले भनिन्, 'यसले पारिवारिक गुजारा राम्रैसँग चलेको छ।' 

बैतेश्वर-६ नाम्दुकी सरिता घिमिरे पनि सोही सहकारी संस्थाले आयोजना गरेको सिलाई कटाई तालिममा सहभागी भएपछि व्यवसायी बनेकी छन्। 

उनले पनि सिलाई कटाई व्यवसायसँगै कपडा पसल समेत सञ्चालन गरेकी छन्। 'मासिक १८ हजारसम्म आम्दानी हुन्छ, यसले मेरो जीवनमा ठूलै परिर्वतन ल्याइदिएको छ', सरिताले भनिन्। 

महिलाहरूकै सक्रियतामा सुरु भएको सहकारीले सेयर सदस्यहरूलाई सीप सिकाइ व्यवसायी र आत्मनिर्भर बनाउन हरेक वर्ष विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आएको संस्थाको अध्यक्ष सर्मिला सापकोटाले बताइन्। 

सहकारीबाट तालिम लिएको महिलाले व्यवसाय सञ्चालन गर्न चाहदा संस्थाले सहुलियत दरमा ऋण समेत प्रदान गर्ने अध्यक्ष सापकोटाले बताइन्। 

संस्थाले हालसम्म क्रिष्टलको माला बनाउने, डलकुसन बनाउने, सिलाई कटाई, लेडिज ब्याग बनाउने तालिम आयोजना गरिसकेको छ। 

यो वर्ष १२ जना सेयर सदस्यलाई सहभागी गराई भेलबेट चप्पल बनाउने तालिम सम्पन्न गरेको संस्थाको अध्यक्ष सापकोटाले बताइन्।

२०६८ सालमा ५० जना सेयर सदस्यबाट सुरु गरिएको सहकारीमा हाल दुई हजार ५१ जना सेयर सदस्य रहेका छन्। 

आर्थिक, सामाजिक,शैक्षिक हिंसामा पछि परेका वर्गका महिलाको उन्नति तथा विकासमा पहुँच बढाउन सहकारीले महत्वपूर्ण योगदान दिँदै आएको छ सहकारीका अध्यक्ष सापकोटाको भनाइ छ। 

सहकारीको व्यवस्थापक प्रमिला कार्कीका अनुसार हालसम्म संस्थामा कुल पूँजी १४ करोड २४ लाख ४५ हजार छ सय ९८ रुपैयाँ रहेको छ। 

संस्थाले सेयर सदस्यको निधन भएमा परिवारलाई सहानुभूति स्वरूप सात हजार रकम उपलब्ध गराउने व्यवस्था समेत गरेका जनाइएको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.