'एमालेले राष्ट्रपति निर्वाचन बारे छलफल गर्‍यो, सरकार राख्ने कि फाल्ने कुरा भएको छैन'

'एमालेले राष्ट्रपति निर्वाचन बारे छलफल गर्‍यो, सरकार राख्ने कि फाल्ने कुरा भएको छैन'
सुन्नुहोस्

एमालेले सुवास नेम्वाङलाई राष्ट्रपति उम्मेदवार बनायो। नेम्वाङलाई समर्थन गर्न कांग्रेसबाहेकका दललाई पत्राचार गर्ने। सत्ता गठबन्धन पुस १० को समझदारी अनुसार अघि बढ्ने।

काठमाडौं: नेकपा एमालेले पुस २५ सम्म सरकार छोड्ने बारे कुनै निर्णय गरेको छैन। आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा भएको सचिवालय बैठकले पुस १० मा सत्ता गठबन्धनमा भएको समझदारी अनुसार नेकपा एमालेले राष्ट्रपतिमा उम्मेदवार दिने निर्णय गरेको पार्टीका उपमहासचिव पृथ्वीसुव्बा गुरुङले जानकारी दिए। 

अहिले एमालेले सरकार फाल्ने या राख्ने भन्ने विषयमा कुनै छलफल नै नभएको गुरुङले बताए। सचिवालय बैठकबारे जानकारी दिँदै गुरुङले भने, 'राष्ट्रपतिको उम्मेदवारमा पुस १० गते गठबन्धनमा भएको सहमति अनुसार पार्टीको उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेका छौँ। नेपाली कांग्रेसले राष्ट्रपति उम्मेदवार तोकिसकेको भएकाले कांग्रेस बाहेकका दललाई राष्ट्रपतिमा सुवास नेम्वाङलाई समर्थन गर्न पत्राचार गर्ने निर्णय भएको छ।'

गुरुङले सरकारका विषयमा पार्टीभित्र कुनै छलफल नै नभएको बताए। उलने भने, '२५ गतेसम्म राष्ट्रपति चयनको मिति भएकाले पुस १० को सहमति अनुसार नै एमाले अघि बढ्नेछ। अहिले सरकार राख्ने कि फाल्ने कुरा छैन। अहिले राष्ट्रपतिको विषय प्राथमिकता भएकाले पुस १० को सहमति अनुसार हामी अघि बढेका छौँ। त्यसलाई कार्यान्वयन गर्न कांग्रेस बाहेकका दललाई सहमतिमा ल्याउन प्रयास गर्छौ।'

आठ दलीय गठबन्धनले कांग्रेस नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार तोक्यो नि भन्ने प्रश्नमा गुरुङले भने, 'त्यो उहाँहरूको कुरा होला तर अहिले अस्तित्वमा रहेको सत्ता गठबन्धन हो। सत्ता गठबन्धनको पुस १० को समझदारी अनुसार एमाले अघि बढेको छ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.