'सरकारमा रहने कि नरहने टुंगिएको छैन'

'सरकारमा रहने कि नरहने टुंगिएको छैन'
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं: नेकपा एमालेले सरकारमा रहने कि बस्ने भन्ने विषयमा कुनै निष्कर्ष निकालेको छैन। सचिवालय बैठकले सरकारमा रहने कि नरहने भन्ने विषय आज टुंग्याएन। आजको सचिवालय बैठकले राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङलाई चयन गरे पनि सरकार बारेको कुनै निर्णय नभएको उपमहासचिव पृथ्वीसुव्बा गुरुङले जानकारी दिए। 

गुरुङले एमालेले सरकार गठन गर्दा पुस १० गते भएको समझदारी अनुसार नै अघि बढ्ने भएकाले सरकारका विषयमा कुनै छलफल नै नभएको बताए। उनले भने, 'फागुन २५ अगाडि हामीले सरकार राख्ने कि फाल्ने भन्ने कुरै छैन।'

उनले कांग्रेस बाहेकका दललाई सहमतिमा ल्याउन प्रयास गर्ने पनि बताए। गुरुङले भने, '२५ गतेसम्म राष्ट्रपति चयनको मिति भएकाले पुस १० को सहमति अनुसार नै एमाले अघि बढ्नेछ। अहिले सरकार राख्ने कि फाल्ने कुरा छैन। अहिले राष्ट्रपतिको विषय प्राथमिकता भएकाले पुस १० को सहमति अनुसार हामी अघि बढेका छौँ। त्यसलाई कार्यान्वयन गर्न कांग्रेस बाहेकका दललाई सहमतिमा ल्याउन प्रयास गर्छौ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.