राष्ट्रपतिको उम्मेदवार मनोनयन दर्ता गर्न एमाले संसद् भवनमा

राष्ट्रपतिको उम्मेदवार मनोनयन दर्ता गर्न एमाले संसद् भवनमा
तस्बिर: अभिषेक महर्जन
सुन्नुहोस्

निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वरमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको टोली उम्मेदवार दर्ता गर्न नयाँ बानेश्वर पुगेको हो।

काठमाडौं : नेकपा एमाले राष्ट्रपतिको उम्मेदवारको मनोनयन दर्ता गर्न संसद् भवन नयाँ बानेश्वर पुगेको छ। निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वरमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको टोली उम्मेदवार दर्ता गर्न पुगेको हो।

एमाले पार्टी कार्यालय च्यासलमा आज बिहान बसेको सचिवालय बैठकले उपाध्यक्ष सुवास नेम्बाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो। फागुन २५ गते हुने निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ। निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वरमा बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन्।

nullनेम्वाङ संविधान सभाका अध्यक्षसमेत हुन्। सत्ता साझेदार दलहरूबीच वर्तमान सरकार गठनको समयमा गत २०७९ पुस १० गते भएको सहमति बमोजिम पार्टीले राष्ट्रपति पदमा उम्मेदवारी दिने निर्णय गरेको उपमहासचिव पृथ्वीसुव्बा गुरुङले बताए। बैठकले पार्टीका उम्मेदवारलाई विजयी बनाउन सबै राजनीतिक दलसँग सहयोगका लागि आह्वान गर्दै समर्थनका लागि पहल गर्ने निर्णय गरेको छ। 


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.