कालिकोटको मान्ममा निःशुल्क स्वास्थ्य शिविर

कालिकोटको मान्ममा निःशुल्क स्वास्थ्य शिविर
सुन्नुहोस्

वीरेन्द्रनगर : काठमाडौं मेडिकल कलेजको सहयोगमा कालिकोटको मान्म बजारमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। 

कर्णाली हेल्थ कियर फाउण्डेशन कालिकोटको आयोजना तथा काठमाडौं मेडिकल कलेजको सहयोगमा मान्ममा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो। 
   

डा सुनील शर्माको नेतृत्वमा १८ जना विशेषज्ञ डाक्टरहरूसहित कालिकोट आएर शिविर सञ्चालन गरिएको शिविर व्यवस्थापक प्रेमबहादुर शाहीले बताए। 

उनका अनुसार दुई दिने शिविरमा १ हजार ८ सय २५ जना बिरामीले सेवा पाएका छन्। गम्भीर प्रकृतिका ७५ जना बिरामीलाई काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचार गर्नका लागि रिफर गरिएको छ। 

बाँकी सबै बिरामीहरू शिविरमा उपचार गराएर घर फर्किएका छन्। शिविरमा विशेषगरी पेट, ढाड, नाक कान घाँटी, मुटु, आँखा, महिलाहरूको पाठेघरसम्बन्धी समस्या जस्ता बिरामीहरूले सेवा लिएका छन्।  

अछाम र कालिकोटका नागरिकहरूलाई लक्षित गर्दै अछामको पंचदेवल नगरपालिका र कालिकोटको मान्ममा शिविर सञ्चालन गरेको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.