कांग्रेसलाई राष्ट्रपति दिनु नै राष्ट्रिय सहमति हो, अब एमालेलाई पनि कतै जाने ठाउँ छैन : प्रधानमन्त्री प्रचण्ड

कांग्रेसलाई राष्ट्रपति दिनु नै राष्ट्रिय सहमति हो, अब एमालेलाई पनि कतै जाने ठाउँ छैन : प्रधानमन्त्री प्रचण्ड
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नेपाली कांग्रेसलाई राष्ट्रपति दिएर राष्ट्रिय सहमति गर्न प्रस्ताव गरेको बताएका छन्। शुक्रबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले यस्तो प्रस्ताव गरेको दाबी गरे।

काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले एमाले अध्यक्ष ओलीसँग पहिलो दल भएका नाताले कांग्रेसलाई राष्ट्रपति दिन आग्रह गरे पनि ओली नमानेको उनको भनाइ छ। 'कांग्रेस ठूलो दल हो। उसलाई राष्ट्रपति दिएर राष्ट्रिय सहमति गरौं। किनकि तपाइँहरूले सभामुख पाइसक्नुभएको छ। राजनीतिक प्रक्रियालाई सबैतिरबाट इंगेज गरेर स्थायित्व कायम गरौं भनेर प्रस्ताव गरेको हुँ। उहाँले मान्नुभएन,' उनले भने।

ओलीले नमानेपछि आठ दलले कांग्रेसलाई राष्ट्रपति दिने निर्णय गरेको प्रचण्डको भनाइ छ। उनले यो नै राष्ट्रिय सहमति भएको बताए। 'कांग्रेसलाई दिने सहमति नै राष्ट्रिय सहमति हो भन्ने मेरो बुझाइ छ। यो सिंगै राष्ट्रकै सहमति हो,' उनले भने। 

प्रधानमन्त्री प्रचण्डले एमालेले पनि सभामुख पाइसकेकाले कतै जानसक्ने ठाउँ नरहेको दाबी गरे। 'अब एमालेलाई पनि कतै जानसक्ने ठाउँ छैन। उहाँहरू प्रतिपक्षीमा जान सक्नुहोला। तर फेरि पनि उहाँहरूको सभामुख त हुनुहुन्छ नि,' उनले भने। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.