वीरगन्जले उचाल्यो कलैया टी-२० मेयर कप

वीरगन्जले उचाल्यो कलैया टी-२० मेयर कप
सुन्नुहोस्

सिमराः कलैया टी-२० मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि वीरगन्जले उचालेको छ। मकवानपुरलाई २३ रनले पराजित गर्दै वीरगन्जले उपाधि जितेको हो। 

सिद्धेश्वर मैदानमा शनिबार भएको फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको वीरगन्जले एक सय ४१ रन जोडेको थियो। वीरगन्जका लागी सुरज पटेलले ४९, नसरुद्धिन अंसारीले २१ रन  र साम्सद मंसुरीले १७ रन जोडे। 

मकवानपुरका रिजन ढकाल र समिर चौलागाईंले समान दुई-दुई विकेट लिँदा विशाल फुयालले एक विकेट लिए। 

एक सय ५० रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको मकवानपुर एक सय १८ रनमै समेटियो। मकवानपुरलाई सस्तैमा समेटने क्रममा वीरगन्जका साहिल हवारीले चार विकेट लिए। 

हवारीले ३.४ ओभरमा २१ रन खर्चिएर चार विकेट लिएका थिए। यसैगरी वीरगन्जका रञ्जित कुमार र सिफुल्लाह अंसारीले समान दुई-दुई विकेट लिए। 

मकवानपुरका लागी सुवर्ण भट्टले २८, सक्षम बस्ताकोटी २५ र गौरव खड्काले २२ रन बनाउनुबाहेक अन्य खेलाडी चल्न सकेनन्। 

अघिल्ला खेलहरूमा चम्किएका शुभ कंसकार फाइनलमा जम्न सकेनन्। उनी सात रनमै पेभेलियन फर्कदा मकवानपुरलाई असहज परिस्थिति बनेको थियो। 

उपाधि विजेता वीरगन्जले ट्रफिसहित ६० हजार नगद र उपविजेता मकवानपुरले ३० हजार प्राप्त गरेको छ। मकवानपुरका शुभ कंसकार प्लेयर अफ दि सिरिज घोषित भए। उनले प्रतियोगिता अवधीभर एक सय ३८ रन बनाएका थिए भने सात विकेट लिएका थिए। 

प्रतियोगिताको उत्कृष्ट बलर आयोजक कलैया क्रिकेट क्लबका त्रितराज दास घोषित भए। उनले आठ विकेट लिएका थिए। 

प्रतियोगिताको उदयीमान खेलाडी मकवानपुरका आशिष पोखरेल घोषित भए। फाइनल खेलको म्यान अफ दि म्याचको पुरस्कार वीरगन्जका सुरज पटेलले प्राप्त गरे। प्रतियोगितामा भारतको दुईसहित ६ टिमले सहभागिता जनाएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.