बाघको हड्डीसहित डडेल्धुरामा बाजुराका दुईजना पक्राउ

बाघको हड्डीसहित  डडेल्धुरामा बाजुराका दुईजना पक्राउ
बाघको हड्डीसहित बरामद भएका हडडी सार्वजनिक गर्दै प्रहरी ।तस्बिर : धनबहादुर भण्डारी
सुन्नुहोस्

डडेल्धुरा  : डडेल्धुरामा बाघको हड्डीसहित दुईजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र सुदूरपश्चिम प्रदेश अनुसन्धान ब्यूरो (आरआईटी) को संयुक्त टोलीले दुई युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाजुराको बुढीगंगा नगरपालिका–१० घर भइ बडिमालिका नगरपालिका–८ मार्तडीका २६ वर्षीय राजेन्द्र जैसी र बाजुराकै खप्तडछेडेदह गाउँपालिका–७ घर भइ मार्तडीकै २७ वर्षीय वीरबहादुर ओली रहेका छन् । जैसी मार्तडीमा बीसीडी वर्कसप व्यवसायी हुन् भने ओली सोही ठाउँमा रहेको सितल मदिरा स्टोरका सञ्चालक हुन् ।

बाघको हड्डीसहित शनिबार राति साढे बजे १२ अमरगढी नगरपालिका–५ बागबजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक मनोहर भट्टले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् । पक्राउ परेका जैसी र ओलीलाई आइतबार जिल्ला प्रहरी कार्यालय परिसरमा पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको हो।

संरक्षित वन्यजन्तुको आखेटोपहार अवैधरूपमा ओसारपोसार तथा खरिद बिक्री गर्न लागेको भन्ने विषेश सूचनाको आधारमा पक्राउ गरेको डीएसपी भट्टले बताए । सूचनाका आधारमा ‘प्रहरी टोलीले उनीहरूले बोकेको झोला चेकजाँच गर्दा झोलामा रहेको संरक्षित वन्यजन्तुको आखेटोपहरा जस्तो देखिने वस्तु फेला पारी दुवै युवकलाई नियन्त्रणमा लिएको जनाए ।

उनीहरूको झोलाबाट टाउकोजस्तो देखिने अस्थिपञ्जर हड्डी,चारवटा दाँतहरू देखिएको हड्डी एक थान, तल्लो बाङग्राको जस्तो देखिने हड्डी दुई थान, मेरुदण्डको जस्तो देखिने हड्डी २९ थान,करङको जस्तो हड्डी २२ थान,फीलपातको जस्तो देखिने हड्डी ५ थान,नली हड्डीजस्तो देखिने हड्डी १० थान, विभिन्न प्रकारका स–साना हड्डी २७ गरी जम्मा ९६ थान गरि ४.०५ किलो हड्डी बरामद गरिएको डीएसपी भट्टले बताए । 

बरामद गरिएको बाघको हड्डी अनुसन्धानका लागि डिभिजन वन कार्यालय डडेल्धुरालाई जिम्मा लगाइएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम कसुरको गम्भीरता हेरि ६ महिनादेखि १५ वर्षसम्म कैद र २० हजारदेखि १० लाख रुयैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.