जनतालाई धोका दिनेलाई देशले विस्तारै चिन्छ: केपी ओली

जनतालाई धोका दिनेलाई देशले विस्तारै चिन्छ: केपी ओली
सुन्नुहोस्

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनतालाई धोका दिनेलाई देशले विस्तारै चिन्दै जाने बताएका छन्। 

राजनीतिक आन्दोलनमा घाइते भएकालाई सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले जनतामा भ्रमण छर्नेलाई पनि समाजले चिन्ने बताए। 

आफूले विगतमा पनि विभिन्न आन्दोलनका घाइतेलाई उपचार गर्न आह्वान गर्दा धेरैतिरबाट रोकिएको बताए। उनले भने, 'मैले घाइतेहरूलाई आउनुहोस् सरकारले उपचार गराउँछ भने, तर धेरै मानिसहरूलाई रोकियो। विभिन्न कारणले रोकियो। जे होस् यसरी रोक्ने काम क्रमश: अन्त्य हुँदैछ।'

एमाले अध्यक्ष ओलीले देशका लागि लड्ने, योगदान र बलिदान दिनेको महत्व कम नहुने बताए। उनले भने, 'जनतालाई धोका दिनेलाई देशले चिन्ने छ। विस्तारै चिनिँदै जाने छ। कहिले कहिले लडाउनेको नियत खराब हुनसक्छ। सपना देखाउनेका सपनाको वितरण भ्रमणपूर्वक हुनसक्छ। तर लड्नेहरूले आफ्नो नभइ अरुको सुन्दर भविष्यका लागि लडेको हुन्छन्।'

ओलीले भ्रमपूर्ण सपना देखाउनेको नियत खराब भएपनि अरुको खुसीका लागि लड्नेको नियतमा कहिल्यै खोट नहुने बताए। उनले भने, 'केही मान्छे आफ्नो स्वार्थ र इगोका लागि भ्रमपूर्ण लडाइँ लडाइरहेको हुन्छ। ती कुरा साँचो होइनरहेछ भन्ने पछि बुझिन्छ। त्यो बुझ्दा धेरै समय ढिलो भइसकेको हुन्छ। धेरैले ज्यान गुमाएको हुन्छ। अंगभंग भइसकेको हुन्छ। उनीहरूको सुन्दर जीवन सुन्दरतातर्फ जानबाट रोकिसकिएको हुन्छ। यस्तो कुरा पछि धोका रहेछ भन्ने थाहा हुन्छ। यस‍्ता जतिसुकै धोका भए पनि सहादतको महानता कम हुँदैन। योगदान र बलिदानको महत्व कम हुँदैन।'

आफूले ५८ वर्षको राजनीतिक जीवनमा यस्ता धेरै कुरा सुन्दै र देख्दै आएको बताउँदै आफैँसँग जेल बसेका साथीलाई पनि जेलबाट निकालेर गोली हानी हत्या गरेको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.