टुप्पाको पात झर्यो भनेर चिन्ता नगरौँ, झरेपछि त्यो मल हुन्छ: केपी ओली
काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टुप्पाको पात झर्यो भनेर चिन्ता गर्न नहुने बताएका छन्। कुनै पात भूइमा झर्यो भने त्यो मल हुने भएकाले चिन्ता गर्न नहुने उनको तर्क छ।
राजनीतिक आन्दोलनमा घाइते भएकालाई सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, 'टुप्पाको पात झर्यो भनेर चिन्ता नगरौँ, झरेपछि त्यो मल हुन्छ।'
ओलीले सत्ता साझेदार नेकपा माओवादी केन्द्रले पुस १० गतेको समझदारी लत्याएको तर्फ इशारा गर्दै भने, 'को झर्यो म भन्दिन। तर तपाईंहरूले देख्नु भएकै छ। कसरी विस्तारै हल्लिँदै हल्लिँदै झर्यो। मैले नयाँ टेक्नोलोजी लगाएर पुस १० मा जोड्न खोजेँ तर काम भएन्।'
अहिले कसैले चिन्ता लिन नहुने बताउँदै उनले शोकलाई शक्तिमा बदलेर अघि बढ्नुपर्ने बताए।