कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई धोका दिँदैन: विश्वकर्मा

कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई धोका दिँदैन: विश्वकर्मा
सुन्नुहोस्

काठमाडौं: नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनबहादुर विश्वकर्माले आफ्नो दलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई कुनैपनि हालतमा धोका नदिने बताएका छन्। प्रधानमन्त्री दाहालले विश्वासको मत लिँदा दुई तिहाई बहुमत पुर्‍याउने आफूहरूको तयारी रहेको उनले सुनाए। 

काठमाडौंमा भएको साक्षात्कारमा विश्वकर्माले संविधान र व्यवस्था बचाउन गठबन्धनले काम गर्ने बताए। फागुन २५ गते कांग्रेसले राष्ट्रपति पाएपछि ठूलो दलको हिसाबले कांग्रेसले सरकारको नेतृत्व गर्नसक्ने पनि चर्चा भएको छ भन्ने प्रश्नमा विश्वकर्माले भने, ‘विगतमा अप्रत्यासित कुरा भएका हुन्। प्रधानमन्त्री प्रचण्डज्यूको अभिव्यक्तिमा राष्ट्रिय सहमति हुन्छ भन्ने कुरा नै मैले बुझेको छु, उहाँको चाहना भनेको संविधान र व्यवस्था बचाउने हो, त्यो गठबन्धनको पनि चाहना हो । अहिले यही आधारमा अघि बढ्छौं । कांग्रेसले प्रचण्डलाई धोका दिने ठाउँ कही पनि छैन। विश्वास नै नहुँदा त विश्वासको मत दियौं भने विश्वासको यात्रा सुरु भएको छ, अब आठ दलको मत हुन्छ। दुई तिहाईको विश्वास पुर्‍याउँछौं।’

फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनपछि नै सरकारको स्वरुप निर्धारण हुने उनले बताए। ‘फागुन २५ गतेको राष्ट्रपतिको लागि हुने मतदानको प्रकृतिअनुसार सरकारको स्वरुप निर्धारण हुन्छ। प्रधानमन्त्रीले राष्ट्रिय सहमति गराउँछु भन्नुभएको छ । राष्ट्रिय सहमतिको समय अझै छ। यही सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाऔं भन्ने मेरो पनि प्रस्ताव छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.