आठ दलको बैठक बालुवाटारमा सुरु

आठ दलको बैठक बालुवाटारमा सुरु
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं: नयाँ आठ दलीय गठबन्धनको बैठक सुरु भएको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। 

राष्ट्रपति निर्वाचनसँगै तयार भएको आठ दलीय गठबन्धनले आजको बैठकबाट नयाँ रणनीति बनाउने बताइएको छ। 

राष्ट्रपति निर्वाचनबाट राष्ट्रिय सहमति खोज्ने बताउँदै आएका प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससहितका आठ दलसँग मिलेर नयाँ समीकरण बनाएपछि राजनीतिक वृत्तमा नयाँ तरंग पैदा भएको छ। 

राप्रपा सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री प्रचण्डले एक महिना भित्रमा विश्वासको मत लिनुपर्ने प्रावधान रहेकाले आजको बैठकमा विश्वासको मतका विषयमा पनि छलफल हुनेछ। 

प्रधानमन्त्री प्रचण्डले कांग्रेससहितका दलसँग मिलेर राष्ट्रपति उम्मेदवारमा रामचन्द्र पौडेललाई उठाएपछि नेकपा एमालेले सरकार छाड्ने अपेक्षा गरिएको थियो।

एमालेले सरकार छाड्ने संकेत गरेपनि औपचारिक निर्णय गरेको छैन। सत्ता गठबन्धनको पुस १० को समझदारी भन्दै एमालेले सुवास नेम्वाङलाई राष्ट्रपति उम्मेदवार उठाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.