आठ दलीय गठबन्धनमा राष्ट्रपति निर्वाचनबारे छलफल

आठ दलीय गठबन्धनमा राष्ट्रपति निर्वाचनबारे छलफल
सुन्नुहोस्

काठमाडौं: आठ दलीय गठबन्धनमा राष्ट्रपति निर्वाचनका विषयमा केन्द्रित भएर छलफल भएको छ।  बैठकले आगामी फागुन १८ गते संघीय सांसदलाई अभिमुखीकरण दिने निर्णय गरेको छ। संघीय संसदपछि सातै प्रदेशका सांसदलाई पनि अभिमुखीकरण दिइने निर्णय भएको छ। 

राष्ट्रपति निर्वाचनसँगै तयार भएको आठ दलीय गठबन्धनको आइतबार पहिलो बैठक हो। बैठकमा राष्ट्रपति निर्वाचन, नयाँ समीकरण,  नयाँ राजनीतिक घटना क्रम लगायतका विषयमा छलफल भएको छ। 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सहित आठै दलका नेता सहभागी थिए। कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, कांग्रेसबाट राष्ट्रपति उम्मेदवार बनेका नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका देव गुरुङ, शक्ति बस्नेत, नागरिक उन्मुक्ति पार्टीबाट अध्यक्ष रञ्जिता श्रेष्ठ र नेतृ एलिजा गौतम बैठकमा सहभागी थिए।

राप्रपा सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री प्रचण्डले एक महिना भित्रमा विश्वासको मत लिनुपर्ने प्रावधान रहे पनि आजको बैठकमा विश्वासको मत बारे कुनै छलफल भएको छैन। 

प्रधानमन्त्री प्रचण्डले कांग्रेससहितका दलसँग मिलेर राष्ट्रपति उम्मेदवारमा रामचन्द्र पौडेललाई उठाएपछि नेकपा एमालेले सरकार छाड्ने अपेक्षा गरिएको थियो।

एमालेले सरकार छाड्ने संकेत गरेपनि औपचारिक निर्णय गरेको छैन। सत्ता गठबन्धनको पुस १० को समझदारी भन्दै एमालेले सुवास नेम्वाङलाई राष्ट्रपति उम्मेदवार उठाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.