नेकपा एमालेको सचिवालय बैठक सुरु

नेकपा एमालेको सचिवालय बैठक सुरु
सुन्नुहोस्

अधिकांश एमाले नेताहरुले सरकार छाडेर बलियो प्रतिपक्ष बन्नुपर्ने धारणा राख्न थालेका छन्।

काठमाडौं : नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। राष्ट्रपति निर्वाचन र सरकारबारे निर्णय गर्न पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक जारी रहेको छ।null

एमालेले उपाध्यक्ष एवम् संविधान सभाका अध्यक्ष सुबासचन्द्र नेम्बाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसबाहेक संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल र स्वतन्त्र सांसदलाई पत्राचार गर्दै राष्ट्रपतिका उम्मेदवार नेम्बाङलाई मत मागेका हुन्।  

पुस १० को सहमतिको निरन्तरताका लागि एमालेका तर्फबाट उपाध्यक्ष सुवास नेम्बाङले राष्ट्रपतिमा उम्मेदवारी दिएको एमालेले जनाएको छ। पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा हस्ताक्षर गर्नेबेलामा एमालेलाई राष्ट्रपति दिने सहमति भएको थियो। 

तर माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा अहिले कांग्रेसलाई समर्थन गरेको छ। माओवादी केन्द्र सहितको आठदलले कांग्रेसका रामचन्द्र पौडेललाई उम्मेदवार बनाएको छ। फागुन २५ सम्म माओवादी केन्द्रले सहमति कार्यान्वयनको पक्षमा उभिने र त्यो सहमतिमा माओवादी फर्केमात्रै मुलुक सही रूपमा अघि बढ्ने एमालेका नेताहरुले बताउँदै आएका छन्।null

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार साँझ जेनेभा जाने तयारीमा रहेकी परराष्ट्रमन्त्री डा. बिमला राई पौडेललाई संयुक्त राष्ट्र संघको मानवअधिकार परिषद् सम्मेलनमा सहभागी हुनबाट रोकेका छन्। प्रधानमन्त्री दाहालले प्रस्थान नगर्न भनेपछि मन्त्री पौडेलले भ्रमण स्थगित गरेको जनाइएको छ। त्यसअघि मन्त्री पौडेलले आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर भ्रमणबारे जानकारी गराएकी थिइन्। यसबारेपनि छलफल हुन लागिरहेको छ। अधिकांश नेताहरुले सरकार छाडेर बलियो प्रतिपक्ष बन्नुपर्ने धारणा राख्न थालेका छन्।



प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.