ओलीलाई प्रश्न : सरकार छोड्न लागेको हो ?

ओलीलाई प्रश्न : सरकार छोड्न लागेको हो ?
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिले पार्टीले सरकारबाट बाहिरिए जानकारी दिने बताएका छन्। सोमबार बिहान सचिवालय बैठकमा सहभागी हुन पार्टी कार्यालयमा पुगेका ओलीले सरकारबाट बाहिरिए छिट्टै खबर आउने बताएका छन् । 

एमालेले सरकार छोड्न लागेको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीले भने, 'सरकार छोड्ने तयारी रहेछ भने खबर आइहाल्छ नि।'

राष्ट्रपति निर्वाचन र सरकारबारे निर्णय गर्ने पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक जारी रहेको छ । एमालेले उपाध्यक्ष एवम् संविधान सभाका अध्यक्ष सुबासचन्द्र नेम्बाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसबाहेक संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल र स्वतन्त्र सांसदलाई पत्राचार गर्दै राष्ट्रपतिका उम्मेदवार नेम्बाङलाई मत मागिसकेका छन्।  

पुस १० को सहमतिको निरन्तरताका लागि एमालेका तर्फबाट उपाध्यक्ष सुवास नेम्बाङले राष्ट्रपतिमा उम्मेदवारी दिएको एमालेले जनाएको छ। पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा हस्ताक्षर गर्नेबेलामा एमालेलाई राष्ट्रपति दिने सहमति भएको थियो। 

तर माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा अहिले कांग्रेसलाई समर्थन गरेको छ। माओवादी केन्द्र सहितको आठदलले कांग्रेसका रामचन्द्र पौडेललाई उम्मेदवार बनाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.