सरकारलाई दिएको समर्थन फिर्ता

एमालेले गर्‍यो सरकारबाट बाहिरिने निर्णय

सरकारलाई दिएको समर्थन फिर्ता

एमालेले गर्‍यो सरकारबाट बाहिरिने निर्णय
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेले सरकार छाड्ने निर्णय गरेको छ। एमालेको आजको सचिवालय बैठकले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

सचिवालय बैठकपश्चात उपाध्यक्ष विष्णु पौडेलले पुष्पकमल दाहाल 'प्रचण्ड' सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको जानकारी दिए । उपप्रधान एवम् अर्थमन्त्रीसमेत रहेका पौडेलले आजै एमालेका मन्त्रीले प्रधानमन्त्रीसमक्ष राजीनामा दिने बताए।

उनले भने, 'आजको बैठकले प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई एमालेले दिएको समर्थन फिर्ता लिने र सरकारबाट अलग हुने निर्णय लिएका छौं।'

पौडेलले राष्ट्रपति निर्वाचनमा सरकारमा सहभागी दलबीच भएको सहमति माओवादी केन्द्रले तोडेको बताए। उनले राष्ट्रपतिको निर्वाचनमा मतभेद कायम रहेपनि देशको परिस्थिति हेरेर सरकारलाई समर्थन दिएर बस्ने एमालेले चाहेपनि प्रधानमन्त्रीको अभिव्यक्तिले बाहिरिनुपरेको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.