एमालेले भन्यो- प्रचण्डले मन्त्रीलाई हटाउन धम्की दिएपछि सरकार छोड्यौं
काठमाडौं : नेकपा एमालेले पार्टीबाट प्रतिनिधित्व गरेका मन्त्रीहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बर्खास्ती गर्ने सम्मको धम्की दिएपछि सरकार छोडेको स्पष्ट पारेको छ । एमाले उपाध्यक्ष विष्णु पौडेलले प्रचण्डले स्वइच्छाले नहटे हटाउनेसम्मको धम्की दिएको बताए ।
एमाले सचिवालय बैठकपछि पौडेलले भने,‘एमालेको तर्फबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूलाई प्रधानमन्त्रीज्यूले जुन खालको व्यवहार गर्नुभयो । त्यो देखेर हाम्रो चित्त बुझेन। स्वइच्छाले सरकारले नछाडे विना विभागीयमन्त्री बनाउनेदेखि हटाउनेसम्मका अभिव्यक्ति दिएपछि सरकारबाट बाहिरिएका हौं ।’
एमाले उपाध्यक्ष पौडेलले राष्ट्रपति निर्वाचनमा कुरा नमिले पनि सरकारलाई दिएको समर्थन कायम राखिराख्ने कोशिस भएपनि प्रधानमन्त्रीबाट फरक ढंगको व्यवहार भएपछि सरकारबाट बाहिरिने निर्णय गरेको बताए।