बेलका र चौदण्डिगढीमा नि:शुल्क स्वास्थ्य शिविर
उदयपुर: उदयपुरको बेलका र चौदण्डिगढी नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ। लुम्बिनी गार्डेन फाउण्डेशन स्पेन नेपालको संयोजनमा दुबै नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर गरिएको हो।
दुई दिनसम्म सञ्चाल हुने शिविरमा महिला तथा स्त्रीरोग, बालबालिका, क्यान्सर, मुटु, नाक, कान, घाँटी रोगको बिशेषज्ञ चिकित्सकहरुबाट सेवा प्रदान गरिएको बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीले जानकारी दिए।
शिविरमा स्त्री रोग सम्बन्धि उपचारका लागि पाठेघरको अप्रेशन गर्नुपर्ने पहिचान भएका बिरामीलाई निःशुल्क अप्रेशनको लागि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको मेयर कार्कीले बताए।
बेलका नगरपालिकाको नगर अस्पातल र चौदण्डीगढी नगरपालिकाको वडा नं. ६ सातधारे स्थित कोभिड अस्पातलमा सञ्चालन भएको शिविरबाट दुई हजार बढिले सेवा लिने अनुमान गरिएको छ।